काबुल, १७ जेठ
अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा अवस्थित एक प्रहरी चौकीमा बुधबार भएको कारबम आक्रमण र दोहोरो गोली हानाहानमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।
सो हमलामा परी जिल्ला प्रहरी प्रमुख र अन्य चार आक्रमणकारी मारिएका गृह मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन । स्थानीय समय अनुसार बुधबार बिहान ४ः५० बजे यो बम आक्रमण र दोहोरो गोली हानाहान भएको थियो ।
लोगार प्रान्तको प्रान्तीय राजधानी पुल इ अलाम शहरमा रहेको एक प्रहरी चौकीको प्रवेश द्वारमा एक आतङ्ककारीले कारबम विस्फोट गराएको र अन्य तीन आक्रमणकारी प्रहरी चौकीमा प्रवेश गरेका थिए ।
करिब १० मिनेटसम्म आक्रमणकारी सुरक्षा अधिकारीबीच भएको दोहोरो गोली हानाहानमा परी जिल्ला प्रहरी प्रमुख र अन्य चार आक्रमणकारी मारिएका प्रवक्ता नाजिब दानिसले टेलिभिजन च्यानल टोलोलाई जानकारी दिए ।
यस हमलामा परी चार सर्वसाधारण र चार प्रहरी अधिकारी घाइते भएका छन । सन २०१७ मा तालिबान आक्रमणकारी समूहले जारी राखेका द्वन्द्व र हिंसाको क्रममा तीन हजार ४३० सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य सात हजार घाइते भएको संयुक्त राष्ट्रसंघीय मिसनले हालै जारी प्रतिवेदनमा उल्लेख छ । सिन्ह्वा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।