बजेट माथिको सैद्धान्तिक छलफल आजदेखि



सैघाली खबर
काठमाण्डौं,१७ जेठ

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभामा बजेटमाथिको छलफल आजदेखि सुरु हुँदैछ । प्रतिनिधिसभामा तीन दिन र राष्ट्रियसभामा दुई दिन छलफल हुनेछ । छलफल सकिएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले जवाफ दिने कार्यक्रम छ ।

बजेटमाथिको सैद्धान्तिक छलफलपछि सांसदहरूले खर्च कटौतीको प्रस्ताव दर्ता गर्न सक्ने संघीय संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिनुभयो । बजेटमा देखिएका असन्तुष्टिका विषयमा सांसदहरुले संसोधन समेत दर्ता गराउन सक्नेछन् । बजेटमाथि भनाई राख्न एक सांसदलाई ५ मिनेटको समय दिइनेछ । बैठक बिहान ११ बजे बोलाइएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्