शान्तिनगरमा यस कारण फैलियो झाडापखाला



जनक नेपाली
दाङ । शान्तिनगरमा ‘कोलिफर्म’का झाडापखाला फैलिएको भेटिएको छ । शान्तिनगर गाउँपालिकाका वडा नं. २ र ३ मा ‘कोलिफर्म नामक जीवाणुका कारण झाडापखाला फैलिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले जानकारी दिनुभयो । पानी परिक्षणका क्रममा कोलिफर्म भेटिएपछि दुुषित पानीका कारण झाडापखाला फैलिएको पुष्टि भएको हो । शुन्य हुनुपर्ने कोलिफर्ममा १५ भन्दा बढी भेटिएकाले हानिकारक भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका निमित्त प्रमुख तिलक न्यौपानेले जानकारी दिनुभयो । पानीमा‘कोलिफर्म’भेटिएपछि धाराको पानी सबै बन्द गरी ट्यांकरबाट खानेपानी वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो ।


खोलाको पानी सिधै रिजर्भ ट्यांकीमा जोडेर वितरण गरेपछि झाडापखाला फैलिएको हो उहाँले भन्नुभयो । मुहानदेखि धारासम्म प्रदुषण भएकाले अहिले मुहान, ट्यांकी र पाइपलाइन शुद्धिकरण गर्ने काम भैरहेको निमित्त प्रमुख न्यौपानेले जानकारी दिनुभयो । सुरुमा ‘कोलिफर्म’ मिसावट पानी सेवन गर्दा टाउको दुख्ने, पेट फोल्ने वाकवाकी लाग्ने तर विस्तार झाडापखाला लाग्ने हुन्छ न्यौपानेले भन्नुभयो । ‘कोलिफर्म’ नियन्त्रणका लागि पानीको महान देखि उपभोक्ताको धारा सम्म पाईप र धारा सफा गर्र्नेकाम भैरेको उहाँले जानकारी दिनुभयो ।

१६ सय विरामी
शान्तिनगर गाउँपालिकाका वडा नं. ३ र ४ मा फैलिएको झाडापखालाबाट १६ सय ५२ जना विरामी भएकोगाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले जानकारी दिनुभयो । झाडा पखालाका कारण सबै भन्दा धेरै १ हजार १५ जना महिला र पुरुष ४ सय ६१ जना पुरुष विरामी परेको उहाँले जानकारी दिनुभयो । झाडापखाला बिस्तारै नियन्त्रणमा आएको छ ।विरामीलाई बेड अभाव हुँदा बिरामीलाई भुईं, बरण्डा र खुला चौरमा ठाउँमा राखेर उपचार गर्नुपरेको उहाँले वताउँनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्