कीन यस्तो भयो नेपालका म्यानपावर यथार्थ केहो



कमल डाँगी                                                                                                                                                                                                                                                                                                                                                                                                    अमेरिका ,जापान ,युरोप(पोल्याण्ड बाहेक ) क्यानडा , लगाएत कयौ देशमा हरुमा कामदार पठाउन मेनपावर लाइ अनुमति छैन मेनपावरको आधिकारिक लाइसेन्स लियका कुनै पनि व्यक्तिले त्यो काम गर्नु गैरकानुनी छ तर अन्य कयन कन्सल्टेन्सी , ट्राभल केहि समुह व्यक्तिहरु त्यो काम गरिरहेको , थुप्रै ले थुप्रै ठाउमा ठगेको ठगिएको समाचार हरु दिनानु दिन आउछन ,यो काम दिलाउछु यो तलब दिलाउछु भनेर गाउ गाउबाट पासपोर्ट झोला बोकेर हिड्ने कयन व्यक्तिहरु छन् के ति सबै मेनपावर ब्यबसायी हुन् ? ति व्यक्तिहरु सरकारबाट इजाजत लियका छन् ? ति ब्यक्ति हरु राज्यलाई कर तिर्छन ? यदि होइनान भने बैदेशिक रोजगारीको प्रक्रिया मा उत्पन्न सबै समस्या को मेनपावर सस्था होइन ! मेनपावर व्यवसायबाट भएका थुप्रै कमि कमजोरी पनि छन् ! बिदेशीक रोजगारीमा जाने व्यक्ति सिधै अफिस सम्म या आफ्नो आधिकारिक एजेण्ट मार्फत पुग्ने व्यवस्था नामिलाउनु !रोजगारदाता कम्पनि संग गहिरो छलफल आपसी सम्झौता नै नगरी भिजा निकालिनु र कामदार पठाइनु ,रोजगारदाता कम्पनि संग मेनपावरको सिधा सम्पर्क नहुनु र सम्पर्क गराउने विदेश स्थित एजेन्सी संग बिचमै सम्बन्ध बिच्छेद गर्नुले पनि थुप्रै समस्या उत्पन्न हुन्छन ! बास्तवमा यो हाम्रो देशका मेनपावर कम्पनीले अर्को देशका एजेन्सी वा सिधै रोजगार दाता कम्पनीलाई भेटेर या इमेल बाट पत्राचार गरेर भिजा र आबस्यक कागज पत्र झिकाई बदेशिक रोजगारीमा पठाउने प्रक्रिया नै हाल सम्म प्रचलित छ! अब यसलाई कसरि सुधार गर्ने कसरि ब्यबस्थित गर्ने भन्ने बारे सबै पक्षले सोच्न उत्तिकै आबस्यकता छ ! राज्यले सहि र ब्यबहारिक कम झजटिलो नीति बनाउनु पर्छ !राज्यले बाध्यकारी बैदेशिक रोजगारीको अन्त्य य ५ वर्ष भित्रै गर्ने नीति अंगालेको छ !त्यसका यथेस्ट आधारहरु को जग नाबसाली , शिप क्षमता र योग्यता भएकै व्यक्ति बेरोजगार रहेको हालको अबस्थामा बदेशिक रोजगारको प्रा क्रियाको लाइ असहज बनाउनु नेपाल बाट काम दार लिरहेका देश र कम्पनीलाई अरु नै देशबाट काम दार लिन बाध्य बनाइनुले झन् हाम्रो देश चरम आर्थिक संकट मा फस्नु हो !हरेक नेपालि नागरिकलाइ स्वदेसमै रोजगारीको व्यवस्था गर्नु राज्यको दायित्व हो भने त्यस्तै आकर्सक रोजगारीको लागि संसारको कुनै पनि मुलुकमा रोजगारीको लागि जान पाउनु हरेक नागरिक व्यक्तिगत अधिकार हो ! हाम्रो मुलकको अर्थ तन्त्र नै बिदेशीक रोजगारीबाट प्राप्त रेमिट्य़ान्समा अडिरहेको बेला यसका नकारात्मक पक्षलाई मात्र देख्ने सोच गलत छ ! जाने व्यक्तिहरुको उत्तिकै भूमिका छ त्यति मात्र होइन समाजमा बस्ने हरेक नागरिकको यसलाई हेर्ने र बुझ्ने द्रिस्टीकोन मा फेरबदल हुन् जरुरि छ !समस्या एकातिर छन् तर दोष हामीले अरुलाई नै दिन अभ्यस्त छौ ! बिरामी पेट को छ हामि उपचार कान को गर्दैछौ ! मेनपावर ब्यबस्थित गर्ने उपाए धरौटीको बृद्दी हुदै होइन जसरि आज नया नया यो ब्यबसयालाई ब्यबस्थित गर्ने सोच सहित थुप्रै युवाहरु यो पेशामा क्रियाशील छन् उनलाई यो पेशाबाट पाखा लगाई जसले हिजोका दिनमा अव्यस्थित ढंगले एकलौटी स्वदेश र बिदेसको बजार कब्जा गर्दै मनोमानी ढंगले यो ब्यबसाय चलाए जसले करौडौ रकम कमाइसकेका छन् त्यस्तो व्यक्तिहरुलाई मात्र यो ब्यबसाय गरुन भनेर आएको एक पुजीबादी सिन्डिकेट धारी सोच स्वरुप आएको निर्णय हो यसले कालान्तरमा ब्यबस्थित हुनुको सट्टा झन् अस्त ब्यस्त हुने निश्चित छ ! ३ करोड लगानी गर्नेले बर्सेनि कति कमाउने सोच राख्ला त्यो बारे पनि बुझन त्यत्तिकै जरुरि छ ! अन्तमा हामि हाम्रो वास्तविक यथार्थीय धरातलमा टेक्न जरुरि छ ! हामीले हाम्रा कयन आन्तरिक अबस्थालाई मजबुत गराउन जरुरि छ हामि मेनपावर ब्यबसायी मात्र होइन हामि बदेशिक रोजगारीमा जाने हरु पनि सचेत हुदै आफ्नो प्रिस्टभुमि ,अवस्था, काम र क्रतब्य बारे आफैले आफैलाई सोच्न आबस्यक छ !हामि माथि रहेका कयन भ्रम त्याग्न जरुरि छ जसरि हामि बदेशिक रोजगारीको सुरुवाती चरणमा अनुभवी हुदैनौ र जब कुनै देशको यात्रा गर्छौ खान बस्न हिड्न दुलना लेख्न सक्छौ अनि हामि हाम्रो सुरुवाती अबस्थालाई भुल्दै त्यही प्रक्रियाबाट भएका कयन सकारात्मक पक्षलाई भुल्दै जसरि नकारात्मक टिका टिप्पणी गर्छौ त्यो अत्यन्तै गलत छ ! हामि करार अबधिको लागि बिदेसहिरहेका हुन्छु तर यति सम्मकि हाम्रो जिन्दगीकै ग्यारेन्टी मेनपावरले गरोस सोच्छौ जो असम्भब छ ? मेनपावर व्यवसायलाई ब्यबस्थित र म्रयादित गर्न मेनपावर ब्यबसायी ,राज्य र बदेशिक रोजगारीमा जानेको उत्तिकै भूमिका रहनछ !हामीले धेरै देश देखेका छौ जस्तै फिलिपिन्स जहाको मुख्य आयश्रोत नै बैदेशिक रोजगारी लाइ बनाएको छ लाखौ फिलिपिनी हरु बिदेशमा छन् तर त्यो देश जस्ता को त्यस्तै छ !यो सत्य हो कि पसिना ले साटेर ल्याइएको पैसाले देश धनि बन्दैन ! यसले व्यक्तिका सिमित व्यक्तिगत आबस्यकता परिपूर्ति गर्ने मात्र हो ! त्यसैले राज्यले देश भित्रै रोजगारी सृजना गर्न आबस्यक छ लाखौ युवाले १ दिन गर्ने परिश्रमले देश भित्रै का उद्योग धनि बनुन् राज्य धनि बनोश तर त्यसको ठोस आधार तयार गर्न जरुरि छ ! युवा जवानको रेमिट्यान्सबाट बनेको बजेट ले गाउ गाउमा सडक बत्ति पानि स्वास्थ्य चौकी र बिद्यालय मा सुधार गरिरहेको सरकार ले बैदेशिक रोजगारीको बिकल्पमा अरु के दिन सक्छ ? सिक्षा स्वास्थ्य खानेपानी सडक त नागरिक का आधारभूत कुरा हुन् तर नागरिकको आय श्रोत बढाउँन उत्पादन, ब्यबसाय र उद्ध्योग धन्दाको ब्यापक बिस्तार हुन जरुरि छ उत्पादन गरेर मात्रै हुदैन त्यसको सहि बजारिकरनको जरुरि छ र यो हाल सालै सम्भव छ कि छैन भन्दा त्यो सम्भावना हाल सालै देखिदैन !राज्यले आत्मनिर्भर हुने आधार तयार गर्दै जानु पर्दछ देश भित्रै र परिवार संगै रोजागरी गर्ने अवसर हरेक नेपालीलाई मिल्यो भने कोहि पनि बाध्यकारी बैदेशिक रोजगारीमा जानु पर्ने छैन !तर त्यो आधार बिना नै हाम्रा लाखौ युवा ले रोजगार पाइरहेका देशहरु बाट जुन जुन तलब र कामको लागि काम दार लिने परिपाटी छ त्यसलाई बन्द गर्ने अप्रत्यक्ष खालको जुन सरकारी रवैया छ यसले देश भित्र बेरोजगारी चरम पार्ने र विभिन्न खाल

राजनीतिक द्वन्द,हिंसामा लाग्न प्रेरित गर्ने छ !बिगतमा भिसा फ्री टिकट को सस्तो लोकप्रियता का कारण जसरि मलेशिया लगाएत थुप्रै देशका कयौ आकर्सक तलब दिने कम्पनीका रोजगारी j हामि नेपालीले गुमाउनु पर्यो त्यसै गरि फेरि यो सरकारका नया नया अव्यवहारिक नीतिले मेरो बिचारमा पुन तिनै दिनहरुको संकेत गरिरहेको छ !! (यी लेखकका अनुभवका आधारमा लेखिएका व्यक्तिगत बिचार हुन् कसैको व्यक्तिगत जिबनमा मेल खाए संयोग मात्र हुनेछ !! )

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्