श्रम मन्त्री श्री गोकर्ण बिस्ट ज्यु लाई मेनपावर ब्यबसायिको सुझाब



कमल डागी ,मेनपावर ब्यवसायी
आदरणिय श्रम मन्त्री श्री गोकर्ण बिस्ट ज्यु, तपाइले यो मन्त्रालय सम्हाल्दै गर्दा आम नेपाली जनता र बिसेशगरी तपाइको मन्त्रालय सँग सम्वन्धित सरोकारवालाहरु तपाइ को बिगतको उर्जा मन्त्रालय सम्हाल्दाको परिणाम बाटै निकै खुशी थिए र थियौ त्यती मात्र होइन,तपाइ एउटा एसिया कै ठुलो कम्युनिस्ट पार्टिले उच्च तहको नेता पनि हुनुहुन्छ ।

तपाईंमा निस्चय पनि कम्युनिस्ट मा हुनु पर्ने आधारभुत आचारण, सैदान्तिक ज्ञानको बारेमा प्रश्न चिन्ह उठाउने ठाउ नभेटिएला तपाइ सँग युवा जोस छ ।थुप्रै अनुभव छ लोकप्रियताको लागी काम होइन काम गरेर लोक प्रिय बन्नेूध्यय राखेको सरकारको एक सदस्यको नाताले तपाइ त्यो दिशामै अघी बढ्नु हुनेछ मलाई त्यो बिस्वास छ्

तपाइले सम्हालेको मन्त्रालय नितान्त श्रमिकको श्रम सँग जोडिएको मन्त्रालय हो ।श्रमको सही मुल्य र ब्यबस्थापन गर्नु नै तपाइको मुख्य कार्यभार हो र हुनुपर्दछ्मन्त्री ज्यु को मुख्य चुनौती यतिबेला देश भित्रै कार्यरत लाखौ श्रमिकहरु कसरी ब्यबस्थापन गर्ने, उनिलाई रोजगार दिइरहेका निकाए बाट समयमै तलब लगाएतका बिभिन्न सुबिधाहरु पाइरहेको छ या छैन, रोजगारदाता कम्पनी हरुबाट स्वास्थ्य परिक्षणको सुबिधा, इन्सुरेन्सको ब्यबस्था , तलबी बिदाको सुबिधा,करार सुबिधा लगाएत श्रमिक लाई हुनु पर्ने आधातभुत सुबिधाको बारेमा मुख्य चासो र चिन्ता हुनु पर्दछ्

आफ्नो घर भित्रै रहेका हाम्रा लाखौ श्रमिक हरुलाई सुरक्षित र सुबिधा सम्पन्न बनाउन सक्दैनौ भने बिदेश स्थित कम्पनिहरुबाट मात्र त्यो अपेक्षा र चहाना राख्नु कती सान्दर्भिक होला मन्त्री ज्यु तपाइकै कार्यकालमा छिटो भन्दा छिटो एउटा सस्कृतिको बिकाश हुन जरुरी छ त्यो हो श्रम गर्नेलाई सम्मानू अहिले पनि परीश्रम गर्ने लाई प्रोहत्सान भन्दा हेप्ने र तल्लो स्तर को सोच्ने चलन छ १ यस्तै अवस्था समाजमा रही रहने हो भने घर भित्र देश भित्र श्रम गर्न, रोजगारी गर्न लजाउने छन अनि यस्तो अवस्थामा कसरी देश बाहिरका युवालाई देश भित्रै रोजगार दिलाउन सकिएला

आदर्निय मन्त्री ज्यु १ बिकल्प नभएरै मान्छेहरु बिदेशिएका छन ।बिदेशिने नाउमा कयन ढङले ठगिएका छन१ त्यसबाट मुक्ती दिलाउन नेपाली युवालाई जबर्जस्ती बैदेशिक रोजगारिबाट बिमुख बनाउदै देश भित्रै बन्धक बनाएर पनि सम्भब हुनेछैन ।नेपाली श्रम बजार लाई अन्त रास्टृय श्रम बजार सँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन जरुरी छ ।जसरि बिदेशमा नेपाली युवाहरुले सिप बिना पनि रोजगारी पाइरहेका छन ति सिप बिनाका युवालाई नेपाल मै त्यती तलब र सुबिधामा नेपाल भित्रै रोजगारी दिलाउन सकिएला

आज देश भित्र रोजगार गरिरहेका श्रमिकहरु आफ्नो काम तलब र अन्य सुबिधामा सन्तुस्ट छैनन।लाखौ रकम खर्च गरेर मास्टर सकाएको १ युवा २५ हजार को तलब मा कसरी चित्त बुझाउछ  होटेल मा साझ बिहान भाडा ९धस्काउने० सफा गर्ने श्रमिक ५००० को तलबमा कसरी चित्त बुझाउछ रु १२ घन्टा सेकुरेटी गर्ने सेकुरेटी गार्ड १०००० मा कसरी सन्तुस्ट होला रु दिन गन्ती काम गर्ने सिकर्मी ,डकर्मि,भट्टामा काम गर्ने मजदुर जस्ले ठेकेदारहरुू बाट महिनौ तलब पाउदैनौ ति श्रमिक लाई देश भित्रै काम गर भनेर कसरी भन्ने मन्त्री ज्यु रु त्यसैले हामी पहिला आफै तिर पो फर्कने होकी रु सिप बिनाको ब्यक्तिलाई ४०००० बराबर तलब देउ भनेर बिदेशी कम्पनीरबिदेशी रोजगार दातालाई भन्दै गर्दा ३००० मा डिस वास काम गराइरहेका देश भित्रैका तारे होटेल लाई १५००० तलब देउ भनेर पनि भन्ने पो हो कि कतार मा बिल्डिङ कम्पनिमाू काम गर्ने नेपाली लाई जोखिम बढ्यो भन्दै गर्दा, मुग्लिङ(नारायनगढ सडकखन्डमा न आखामा पटी, न आखामा चस्मा, न टाउकोमा टोपी ल्गाएर धुलो भित्र मडारिरहेका देश भित्रैमा श्रमिकको पनि चिन्ता गर्ने हो कि रु मलेशियाको सुपरमार्केट ४०००० कमाउने कामदार लाई तलब कम भो भन्दै गर्दा भाटभिटेनी सुपरमार्केट मा ७००० मा काम गर्न बाध्य ति पढे लेखेका युवा हरुको पनि तलब बढाउने कुरा गर्ने हो कि मन्त्री ज्यु

मेरो यही सुझाब छ पहिले हामी आन्तरिक श्रम ब्यबस्थापनमा जोड दिउ । हाम्रा युवाहरु र्बेरोजगार मात्रै होइन रोजगार नै त्यागेर किन किन बिदेश पलायन भइरहेका छनरु त्यो बारे अलि मज्जाले नै समिक्षा गर्ने हो कि रु

अनी अर्को एक प्रसँग मन्त्री ज्यु, मेनपावर ब्यबसाय जस्ले लाखौ बेरोजगार लाई रोजगारी दिलाउदै बिदेश पठाइरहेका छन, ति मेनपावर कम्पनिलाई धरौटी बढाउदैमा समस्याको समाधान हुँदैन १ यहाँ नेर मन्त्री ज्यु ले बुझ्न जरुरी छ कि जती धेरै धरौटी बढ्छ त्यही अनुपात मा ठगी धन्दा बढ्ने छ ।

३० लाख धरौटी राख्दा जती ूठगेरू उस्लाई पुगिरहेको हुन्छ ३ करोड राख्दा त्यस्को ९ गुना बढी ूठग्नेू छ जस्ले मात्र उस्को लगानी अनुरुपको आम्दानी पाउने छ १ जसरि आज ३० लाख धरौटी भइरदा १ करोड ठगी गर्ने कुनै मेनपावर छन ति र त्यस्ता सोच भएका मेनपावर ले भोली ३ करोड धरौटी राख्दा ५० करोड ठगी गर्ने योजना बनाउने छन अनि ५० करोड ठगी गर्ने मेनपावर लाई ३ करोडको धरौटिबाट क्षतिपुर्ती दिन पुग्ला र मन्त्री ज्यु रुरुरु यदी ठगी गरेकै कारण मेनपावर को धरौटी बढ्ने हो भने हामी जस्ता ठगिको एउटा पनि मुद्दा नपरेका मेनपावर को धरौटी किन बढाउने मन्त्री ज्यु रुरु हाम्रो धरौटिले कती पिडित लाई क्षती पुर्ती दिन पुगेन

त्यसैले यो धरौटी क्षतिपुर्ती समस्याको समाधान गर्ने उपाए होइन मन्त्री ज्यु । यो त झन ठगूहरुलाई मात्र काम गर्न सजिलो बनाइने अर्को घातक सिन्डिकेट हो ।३ करोडको आडमा ५० करोड कमाउने हरुलाई उन्मुक्ती दिने सरल उपाए हो ।आज जसरि खुल्ला प्रतिस्प्रधामा नया( नया सोचका साथ यो ब्यबसायमा प्रबेश गरेका ब्यक्तिहरु छन, ति ब्यक्ती हरुलाई धन र पैसाको बलमा ब्यबसायबाट बन्चित गर्ने निती हो । सबै भन्दा मुख्य कुरा देश भित्र श्रमिक खपत हुने रोजगारको ज्ञातेन्टी हुने आधार तयार गरौ१ च्याउ जस्तै उम्रेका मेनपावरहरु आफ्से(आफ पाखा लाग्ने छन १ होइन भने जती नै मेनपावर ब्यबसायलाई धराप पार्दैमा, बिदेश स्थित नेपाली कामदार लिने कम्पनीलाई नेपाल बाट कामदार लिन नसक्ने झन्जिटिला नियम

 

नबनाउदैमा नेपालिको बैदेशिक रोजगारिको यात्रा टुङिने छैन । भारतका नाका हुँदै, दिल्ली बिमान स्थल हुँदै बिदेश जाने को घुउचो लाग्ने छ र सरकारले भने जस्तै साच्किकै ठग, ततस्करी झनै बढ्ने छ ।

त्यसैले मनानीय मन्त्री ज्यु लाई मेरो अन्तिम सुझाब छ, साक्चिकै धरौटी कम भएकै कारण आज कती जनाले क्षेतिपुर्ती पाएननरु बरु त्यसको लागी १५००मेनपावरको साझा सँगठन बै। रो। सङघ छ त्यो समस्याको हल त्यो बाट पनि हुनेछ, होइन भने धरौटिलाई समय अनुसार केहि थप घट गरे पनि अत्याधिक बृदी गर्नुको कुनै अर्थ छैन मन्त्री ज्यु यो बारे पुन्र्बिचार होश

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्