दाङका १४ वडामा माओवादी विजयी, कहाँ कसले जिते ?



१६ असार, दाङ
दाङमा शुक्रबार अपराह्नसम्मको मतपरिणाम अनुसार १४ वटा वडाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

राप्ती गाउँपालिका वडा नं. ९ को अध्यक्षमा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर २०१ मतसहित पूरै प्यानल विजयी भएको छ ।
महिला सदस्यमा कुवाँरी देवी कार्की, दलित महिला सदस्य देउकला कामी र सदस्यहरुमा अलि महम्मद मियाँ, दधि बराल विजयी भएका हुन् । यस वडामा कुल मतदाता ५८३ रहेकोमा ४५७ मत खसेको थियो ।

गढवा २, ३ र ८ मा माओवादी विजयी

त्यसैगरी गढवा गाउँपालिका वडा नं. २ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका भक्तु चौधरी विजयी भएका छन् भने चारजनै सदस्यहरु एमालेका विजयी भएका छन् । विजयी चौधरीले ६८१ ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देउप्रकाश चौधरीले ६६१ मत ल्याएका छन् ।

महिला सदस्यमा निर्मला चौधरी, दलित महिला सदस्यमा सावित्रा गहतराज र सदस्यहरुमा राधेश्याम थारु कुमाल र शनिराम चौधरी विजयी भएका छन् । कुल मतदाता २५५१ रहेको वडा नं. २ मा १९५३ मत खसेको थियो ।

त्यसैगरी गढवा गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा माओवादीका तुलसीराम अधिकारी प्यानलसहित विजयी भएका छन् । विजयी अधिकारीले ७४९ मत ल्याई भारी अन्तरमा फोरमका उम्मेदवारलाई पराजित गरेका हुन् । उनले ३४० मत पाएका छन् ।

त्यस्तै सदस्यहरुतर्फ महिला सदस्यमा शोभा रावत चौधरी, दलित महिला सदस्य सन्तोषी विक र सदस्यहरुमा आशाराम चौधरी र छुकाङ चौधरी विजयी भएका छन् ।

कुल मतदाता २५४६ रहेको यस वडामा १८७२ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

गढवा गाउँपालिका वडा नं. ८ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ । अध्यक्षमा सद्धाम सिद्दीकीले १०७ मत प्राप्त गरी विजयी भएका हुन् ।

त्यस्तै महिला सदस्यमा मनमाया गुरुङ, दलित महिला सदस्यमा विमला विक र सदस्यहरुमा चन्द्रबहादुर विक र नारायणसिं थापा विजयी भएका छन् । उक्त वडा साविक कोइलाबास गाविसमा पर्दछ । त्यहाँको कुल मतदाता ४९८ रहेकोमा ३४७ मत खसेको थियो ।

राजपुर गाउँपालिका- १, २ र ६ मा माओवादी प्यानल विजयी

राजपुर गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रका विष्णुबहादुर बुढाको प्यानल नै विजयी भएको छ । विजयी विष्णुबहादुर बुढाले ४ सय १ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्यमा गोमा अधिकारी, दलित महिला सदस्यमा केशमाला सुनार र सदस्यहरुमा शिउप्रसाद चौधरी र रामबहादुर सुनार विजयी भएका छन् । कुल मतदाता १ हजार ६ सय ५९ रहेको यस वडामा १ हजार १ सय ५९ मत खसेको थियो ।

राजपुर गाउँपालिका वडा नं. २ मा माओवादी केन्द्रका दुर्गाप्रसाद शर्माको प्यानल नै विजयी भएको छ । विजयी शर्माले ५ सय ३८ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्यमा शान्ता चौधरी, दलित महिला सदस्यमा शान्ता परियार र सदस्यहरुमा गुरुप्रसाद विक र अर्जुन डिसी विजयी भएका छन् ।

कुल मतदाता २ हजार ६४ रहेको यस वडामा १ हजार ५ सय ९५ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

राजपुर गाउँपालिका वडा नं. ६ मा माओवादी केन्द्रका श्यामबहादुर रोकाको प्यानल नै विजयी भएको छ । विजयी रोकाले २५४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका राजेन्द्र चौधरीले २२० मत ल्याएका छन् ।

त्यस्तै महिला सदस्यमा दिलमति वली चौधरी, दलित महिला सदस्यमा सन्ध्या नेपाली र सदस्यहरुमा रामवेलासु चौधरी र सुरेन्द्रकुमार रोका विजयी भएका छन् ।

कुल मतदाता १ हजार ५३ रहेको यस वडामा ८३४ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

शान्तिनगर गाउँपालिका १ र ७ मा माओवादी प्यानल विजयी

शान्तिनगर गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रका जंगबहादुर पुनको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्दी कांग्रेसका तुलाराम रश्मीमगरलाई १६४ मत अन्तरले पराजित गर्दै पुन विजयी भएका हुन् । उनले ५५४ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्यमा विमी डाँगी -विमला), दलित महिला सदस्यमा कल्पना विक र सदस्यहरुमा अनन्तबहादुर डाँगी र लुद्रबहादुर केसी विजयी भएका छन् ।

कुल मतदाता १ हजार ७ सय ३८ रहेको यस वडामा १ हजार ३ सय ५२ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

शान्तिनगर गाउँपालिका वडा नं. ७ मा माओवादी केन्द्रका पिमलाल वलीको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्दी एमालेका डिल्लीबहादुर पाण्डेलाई १२ मतको झिनो अन्तरले पराजित गर्दै वली विजयी भएका हुन् । विजयी वलीले ४९५ मत प्राप्त गरेका छन् भने पाण्डेले ४८३ प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्यमा सुभद्रा भण्डारी, दलित महिला सदस्यमा दुर्गा विक र सदस्यहरुमा राजेश चौधरी र बुद्धिराम चौधरी विजयी भएका छन् ।

कुल मतदाता २ हजार १ सय २९ रहेको यस वडामा १ हजार ५ सय ८८ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

बंगलाचुली-२, ३, ४, ५ र ७ मा माओवादी विजयी

बंगलाचुली गाउँपालिका वडा नं. २ मा माओवादी केन्द्रका मेघराज रानाको प्यानल नै विजयी भएको छ ।

निकटतम प्रतिद्वन्दी कांग्रेसका मैते पुनलाई ६ मतको झिनो अन्तरले पराजित गरी राना विजयी भएका हुन् । विजयी रानाले ३ सय ३६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी पुनले २ सय ३० मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्यमा हिमा थापा, दलित महिला सदस्यमा मैती विक र सदस्यहरुमा चुके सुनार र भीमकुमार बुढा विजयी भएका छन् । वडा सदस्यहरुमा पनि तीव्र प्रतिष्पर्धा भएको छ ।

कुल मतदाता १ हजार २० रहेको यस वडामा ७ सय ९१ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

त्यसैगरी बंगलाचुली गाउँपालिका वडा नं. ३ मा माओवादी केन्द्रका शोभाराज विकको प्यानल नै विजयी भएको छ । विजयी विकले ४९४ मत लिई निकटतम प्रतिद्वन्दी कांग्रेसका कमलाल पौडेललाई हराएका हुन् । उनका प्रतिद्वन्दी पौडेलले ३ सय ८५ मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा बसन्था पौडेल, दलित महिला सदस्यमा इन्द्रा सार्की र सदस्यहरुमा श्रीबहादुर राना र भेदबहादुर जिसी विजयी भएका छन् ।

कुल मतदाता १४१५ रहेको यस वडामा ९९२ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

त्यसैगरी बंगलाचुली गाउँपालिका वडा नं. ४ मा माओवादी केन्द्रका नारायण डाँगीको प्यानल नै विजयी भएको छ । विजयी डाँगीले ४४४ मत लिई निकटतम प्रतिद्वन्दी कांग्रेसका ध्रुव पुनलाई हराएका हुन् । उनका प्रतिद्वन्दी पुनले ४२६ मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा जानकी डाँगी, दलित महिला सदस्यमा पुनमदेवी विक र सदस्यहरुमा टोमलाल घर्ती र लालबहादुर गिरी विजयी भएका छन् ।

कुल मतदाता १७९८ रहेको यस वडामा १२५५ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

त्यसैगरी बंगलाचुली गाउँपालिका वडा नं. ५ मा माओवादी केन्द्रका यनुराज खत्रीको प्यानल नै विजयी भएको छ । विजयी खत्रीले ८३४ मत लिई निकटतम प्रतिद्वन्दी कांग्रेसका टंकबहादुर वलीलाई फराकिलो अन्तरमा हराएका हुन् । उनका प्रतिद्वन्दी वलीले ३६१ मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा जानकी डाँगी, दलित महिला सदस्यमा पुनमदेवी विक र सदस्यहरुमा टोमलाल घर्ती र लालबहादुर गिरी विजयी भएका छन् ।

कुल मतदाता १७९८ रहेको यस वडामा १२५५ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

त्यसैगरी बंगलाचुली गाउँपालिका वडा नं. ७ मा माओवादी केन्द्रका गिरबहादुर थापाको प्यानल नै विजयी भएको छ । विजयी थापाले ३६५ मत लिई निकटतम प्रतिद्वन्दी एमालेका लालबहादुर बुढालाई हराएका हुन् । उनका प्रतिद्वन्दी बुढाले २८६ मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा तिलादेवी थापा, दलित महिला सदस्यमा लुजिसरी लोहार र सदस्यहरुमा देवीराम सारु र प्रेम समाल विजयी भएका छन् ।

कुल मतदाता १३४८ रहेको यस वडामा ९७३ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्