यौन सम्बन्ध राख्दाराख्दै महिलाको ज्यान गएपछि



सैघाली खबर,
रुकुम, १७ जेठ । यौन सम्बन्ध राख्दा राख्दै रुकुममा महिलाको मृत्यु भएपछि रुकुममा एक युवक पक्राउ परेका छन् ।

रुकुम सदरमुकाम मुसीकोट खलंगामा रुकुम ९पूर्व० सिस्ने गाउँपालिका वडा नं। ६ घर भई हाल मुसीकोट नगरपालिका वडा नं १ खलंगा बस्दै आएकी अन्दाजी ३८ बर्षकी इच्छा बिसीको बुधबार ज्यान गएको हो ।

प्रहरीले मुसीकोट नगरपालिका वडा नं। १ का १९ बर्षीय अमरबहादुर बादीलाई पक्राउ गरेको छ । उनले यौन सम्पर्क गर्ने मनसायले महिलालाई आफ्नो कोठामा लिएर गएको र यौन सम्पर्क गर्ने क्रममा महिलाको मृत्यु भएको बयान दिएका छन् । महिलाको मृत्यु भएपछि अमरले नै नजिकैको ढल आउने नालामा फालेका थिए ।

युवकलाई हिरातमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुमित खड्काले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्