केही समयभित्रै नेपालमा विमस्टेकको सम्मेलन हुन्छ : प्रधानमन्त्री



काठमाणडौ १७ जेठ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास ९विमस्टेक० का महासचिव सहिदुल इस्लामले आज बिहान बालुवाटारमा भेटघाट गरेका छन्।

भेटमा प्रधानमन्त्री ओलीले क्षेत्रीयस्तरका संगठनहरूलाई विकास र समृद्धिको माध्यम बनाउनु पर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले विमस्टेकका विगतका कामबाट पाठ सिकेर आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले विमस्टेक सञ्चालनका लागि अल्पकालीन,मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नु उपयुक्त हुने बताएका छन्। केही समयभित्रै नेपालमा विमस्टेकको सम्मेलन गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सम्मेलनबाट यस क्षेत्रका जनताका लागि प्रभावकारी हुने किसिमका कार्यक्रम ल्याउनु पर्ने बताए।

प्रधानमन्त्री ओलीले विमस्टेक नतिजामुखी हुनुपर्नेमा जोड दिए।

‘हामी आर्थिक सामाजिक विकासमा द्रुत गतिमा दौडनु पर्दछ। विमस्टेक यस प्रक्रियाप्रति प्रतिबद्ध छ,’ प्रधानमन्त्री ओलीले भने,‘बंगालको खाडी वरिपरिका मुलुक भएकोले पानी जहाज सञ्चालन गर्नुपर्‍यो। जसको माध्यमबाट विमस्टेकका सदस्य राष्ट्रहरू एकआपसमा जोडिन थप सहज हुनेछ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्