२५ हजार घुससहित मालपोत कार्यलयका कर्मचारी पक्राउ



सैघाली खबर,
जेठ १७, चितवन । जिल्ला मालपोत कार्यालय, चितवनका कार्यालय सहयोगी २५ हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन् घुस लिदा लिदै कार्यलयका सहयोगी शंकरप्रसाद धिताल पक्राउ परेका हुन् ।
प्रहरी निरीक्षक बेनीमाधव पौडेलको नेतृत्वमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाको टोलीले धिताललाई पक्राउ गरेको हो ।
उनले सेवाग्राहीको ६ फुट जग्गालाई ११ फुट बनाइदिन्छु रकम लिएको जनाइएको छ । उनले यसअघि पनि सेवाग्राहीबाट २५ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्