समाचार

२५ हजार घुससहित मालपोत कार्यलयका कर्मचारी पक्राउ

By थाहा अनलाइन

May 31, 2018

सैघाली खबर, जेठ १७, चितवन । जिल्ला मालपोत कार्यालय, चितवनका कार्यालय सहयोगी २५ हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन् घुस लिदा लिदै कार्यलयका सहयोगी शंकरप्रसाद धिताल पक्राउ परेका हुन् । प्रहरी निरीक्षक बेनीमाधव पौडेलको नेतृत्वमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाको टोलीले धिताललाई पक्राउ गरेको हो । उनले सेवाग्राहीको ६ फुट जग्गालाई ११ फुट बनाइदिन्छु रकम लिएको जनाइएको छ । उनले यसअघि पनि सेवाग्राहीबाट २५ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।