व्यापारी श्रेष्ठ मृत अवस्थामा फेला



दाङ
१६ असार
दाङ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठ मृत अवस्थामा भेटिएका छन् । गत जेठ २६ गते अपहरणमा परेका श्रेष्ठसँगै अर्का व्यवसायी रणबहादुर घर्तीको अवस्था भने अझै अज्ञात छ । अपहरणमा परे पछि तुलसीपुरका व्यापारीले उनीहरुको अवस्था पत्ता लगाउन व्यापक दवाव दिए पनि अवस्था अज्ञात बन्र्दै आएको थियो । मृत अवस्थामा आज भेटिएका श्रेष्ठको शव सल्यानको छत्रेश्वरी गाउँपालिकाको रजकोटी जंगलमा भेटिएको सल्यान प्रहरीले बताएको छ ।
अहिले क्षत विक्षत अवस्थामा रहेको श्रेष्ठको शव आफन्तलाई बुझाउन तुलसीपुर ल्याउन थालिएको दाङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक धिरज प्रताप सिंहले जानकारी दिनु भयो । गत बैशाखमा पनि तुलसीपुरका अर्का व्यवसायी रत्नबहादुर वली अपहरणमा परेका थिए । उनको शव गलि सकेको अवस्थामा प्रहरीले फेला पारेको थियो.

यस्तै तुलसीपुर उधोग वाणिज्य सघंले एक शोक  विज्ञप्ति जारी गदै ३ दिन सम्मका लागी बजार बन्द गर्नै निर्णय गरेको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्