तीनथान भरुवा बन्दुकसहित चारजना पक्राउ ।।



सैघाली खबर, १७ जेठ।
अवैधरूपले लिइएका तीनथान भरुवा बन्दुकसहित चारजनालाई डडेल्धुरा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

अवैध भरुवा बन्दुक घरमा लुकाइ–छिपाइ राखेको अवस्थामा गन्यापधुरा–३ का केशवबहादुर शाही, टेकबहादुर भुल, कर्णबहादुर भुल र शकंरबहादुर शाहीलाई अवैध हातहतियार लुकाइ–छिपाइ राखेको अवस्थामा पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । उनीहरूलाई हिरासतमा राखी आनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्