महिला जेसीजले गरेको काम सराहनीय छ -पुर्व गृहमन्त्री सिटौला



समिक्षा गाहा,
घोराही १७ जेठ।
दाङ महिला जेसीजले पुर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सीटौलासंग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । दाङ महिला जेसीजका अध्यक्ष डोमा पाण्यडेको अध्यक्षता तथा पुर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सीटौलाको प्रमुख आथिथ्यतामा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अथिति सिटौलाले दाङ महिला जेसीजले गरेको काम सराहनीय भएको भन्दै सामाजिक , आर्थिक, राजनीतिक , व्यासायिक क्षेत्रमा सफल भएर लाग्न आग्रह गर्नु भयो ।जुन आस्था र सोचका साथ जेसिजमा लाग्नु भयो त्यसलाई पक्केै पनि ब्यबहारमा लागु गर्नु हुनेछ। जुन कृयाकलाप बाट बिश्वमा सकारात्मक कार्य गर्ने पनि सक्षम हुनुसक्ने कुरा पनि ब्यक्त गर्नु भएको थियो।

दाङ महिला जेसीजका पुर्व अध्यक्ष निरजा पोख्रेलको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण दाङ महिला जेसीजका महासचिव ममता विष्टले गर्नु भएको थियो । आश्थापाठ जेसी कल्पना ढकालले गर्नु भएको थियोे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्