समाचार

विद्युत विस्तारका वली परिवारलाई ४५ हजार प्राप्त

By थाहा अनलाइन

May 31, 2018

सैघाली खबर दाङ, १७ जेठ । तुलसीपुर उपमहानगरपालिका ३ खमारीका दृष्ट्रिविहीन चन्द्रवीर वलीको परिवारलाई सहयोग रकम उठ्ने क्रम जारी रहेको छ ।

चन्द्रवीर घर सम्म विद्युत विस्तारका लागि घोराही उपमहानगरपालिका घोराही उपमहानगरपालिका १० नारायणपुर हाल कतारमा गोल्डेन फिङ्गर कम्पनी संचालन गर्दै आउँनु भएका मलबहादुर डाँगी ‘मिलन’ले २० हजार, गौरीशंकर ओभरसिज प्रा.लि.का संचालक निमा सैघालीले १० हजार, तुलसीपुरका व्यापारी डेमलाल भण्डारीले ५ हजार,तुलसीपुर घरभई हाल काठमाण्डौमा लिडर म्यानपावर ओभरसिज संचालक कमल डाँगीले ५ हजार घोराही १५ का यज्ञबहादुर बुढाथोकीले ५ हजार रुपैयाँ सहयोग प्रदान गर्नु भएको छ ।

 

घोराही स्थित शहिद मार्गमा रिभाईप नेपाल प्रा.लि. संचालन गर्दै आउँनु भएका बुढाथोकीले उक्त परिवारलाई सहयोग प्रदान गर्नु भएको हो । यो संगै वली परिवारका लागि ४५ हजार रुपैयाँ सहयोग प्राप्त भएको गरेको विद्युत विस्तार अभियानका संयोजक यादव सैघालीले जानकारी दिनुभयो ।