पुरन्धारा खानेपानीमा देखिएको अनियमितता बारे छानविन गर्न माग



 

दाङ १७ जेठ । बबई गाउँपालिकाको पुरन्धारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा देखिएको बेरुजु प्रति ध्यानाकर्षण गरिएको छ । समितिका सचिबसहितको बहुमत कार्यसमितिले भ्रष्टाचारमा संलग्नहरुलाई कारबाहीको माग गरेका छन् । बुधबार एक बिज्ञप्ति जारी गरि आफुहरुले शुरु देखिनै मासिक रुपमा हिसाव फच्र्यौट गर्नुपर्ने माग राख्दै आएपनि अध्यक्ष, कोषाध्यक्ष र लेखापालले वास्था नगरेको भन्दै उनिहरुले छानविन निष्पक्षरुपमा गरी दोषिलाई कारबाही गर्न उनीहरुले माग गरेका हुन् ।

 

खानेपानीमा ठुलो अनियमितता भएको भन्दै छानबिन गरि अनियमितता गर्नेहरुको नाम किटान गर्नुपर्ने बिज्ञप्तिमा उल्लेख छ ।व्यक्ति किटान नगर्दा खानेपानी संस्थामा भ्रष्टाचार छानविन गर्न गठित समितिकोे निष्पक्षतामाथि प्रश्न उठेको बताएका छन् ।भ्रष्टाचारमा संलग्न व्यक्ति किटान नगरी सबैलाई भ्रष्टाचार भनी प्रतिबेदन सार्बजनीक गर्नु पुर्बाग्राही मानसिकताको उपज भएको समेत बिज्ञप्तिमा उल्लेख छ । प्रतिवेदन सार्वजनीक गर्न भनि उपस्थित गराई कार्यक्रमको समापन पछि केहि व्यक्तिहरुको मात्र सहभागितामा उपभोक्ताहरुको हस्ताक्षर दुरुपयोग गरी छानविन समितिलाई नै खानेपानीको कार्यसमितिमा बदल्नुले उनीहरुको छानविनको निष्पक्षतामाथि प्रश्न उठेको बताएका छन् ।

सवैलाई भ्रष्टाचार भएको आरोप लगाई बदनाम गर्ने र आफुहरु स्वतः कार्यसमितिमा चयन हुने मनसायले तयार पारेको छानविन प्रतिवेदन सहि छ कि छैन र भ्रष्टाचारी को को हुन छानविन गरी यथासक्य कार्वाहि गर्न सम्वन्धित निकायलाई उनिहरुले ध्यानाकर्षण गर्न बिज्ञप्ति मार्फत आग्रह गरेका छन् । दोषीलाई कार्वाहि गर्न र निर्दोषहरुलाई न्यायदिनु पर्ने माग गर्दै खानेपानी सँस्थाका सचिव उर्मिला वली, सह सचिव शान्ता बिक, सदस्यहरु धन प्रसाद डाँगी,लाल बहादुर वली, दल बहादुर डाँगी, लिला केसी, लिला वि.क, तिलक विकलगाएतका सदस्यहरुले यस्तो विज्ञप्ती जारी गरेका हुन् ।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्