बिचार मिल्नेसंग पार्टी एकता गर्नुपर्छ – सिटौला



 

दाङ, १७ जेठ । नेपाली काँग्रेसका पुर्व महामन्त्रि कृष्णप्रसाद सिटौलाले विचार मिल्नेसंग पार्टी एकता गर्नु पर्ने वताउँनु भएको छ । कांग्रेस दाङले बुधवार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सिटौलाले आउदो पार्टी महाधिवेसन खुलेर आफना विचार राख्ने बताउँनुभयो ।काम गर्दा भएका गल्ती कमजोरी सच्चाएर एकता वद्ध भएर अगाडि वढन आवस्यक रहेको छ’ नेता सिटौलाले वताउँनुभयो ।उनले पार्टीलाइ सवैको सर सल्लाहावाट सञ्चालन गरीनु पर्ने बताउनु भयो ।‘व्यक्ति एक्लैले पार्टी अगाडि वढाउनु हुदैन ’ नेता सिटौलाले भने । सवैको कुरा सुनेर सवैको भावनालाइ समेटेर अगाडि वढनु पर्ने बताए ।‘पार्टीमा सवैको विचार एकतावद्ध गराउनु गर्दछ’ नेता सिटौलाले भन्नुभयो । पार्टीमा सवैको सल्लाहा सुझाव लिएर अगाडि वढेमा पार्टीलाई वलियो वनाउन सकिने उहाको भनाइ छ ।

त्यस अवसरमा पुर्व जिल््ला सचिव कमलकिशोर घिमिरे, महाधिवेसन प्रतिनिधि भेषराज खत्री, क्षेत्र नं २ का अध्यक्ष गिरीराज सुवेदी, क्षेत्र नं ३ का सभापति भुपवहादुर डाँगी, जिल््ला सदस्य अर्जुनकुमार योगी, महिला संघका जिल्ला सदस्य निर्मला गौतम, महिला संघका महाधिवेसन प्रतिनिधि शान्ता घिमिरे, महिला संघका क्षेत्र नं २ का अध्यक्ष शुसिला पौडेल, कांग्रेसका घोराही नगरपालिकाका पुर्व सभापति किशोरचन्द्र गौतम, दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष वशन्त जोसी, नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष राजकुमार धिताल, कुलराज पोख्रेल, गणेश वेलवासे, लोकराज अधिकारी लगाएतकाले भनाइ राखेका थिए । जिल्ला उपाध्यक्ष कमानसिंह भारती स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण जिल््ला सचिव शकरप्रसाद डाँगीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्