स्वार्थ र चाकडीको राजनीति छोडौं ःसिटौला



सैघाली खबर
दाङ, १७ जेठ । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले काँग्रेस हराउदै जानुको मुख्य कारण नेताको चाकडी र स्वार्थमुखी राजनीतिक संस्कार रहेको बताउनुभयो । नेपाली काँग्रेस दाङले विहिवार घोराहीमा आयोजना गरेका कार्यकर्ता भेटघाटका अवसरमा उहाँले यस्तो बताउनुभएको हो ।

काँग्रेसको असफलताको मुख्य कारण नै नेताहरुको चाकडी आडमा स्वार्थमुखी राजनीतिक संस्कारको विकास रहेको टिप्पणी गर्नुभयो । जसले गर्दा पार्टी आन्तरिक दलदलमा फस्दै गईरहेको उहाँले बताउनुभयो । ईमानको राजनीतिक संस्कारको विकास हुन नसक्दा असल कार्यकर्ताहरुको सक्रियता हराउन थालेकाले काँग्रेस कमजोर बन्दै गईरहेको उहाँको भनाई छ । पार्टीभित्रको आन्तरिक गुठफुटले कार्यकर्तामा स्वार्थ र चाकडीको राजनीति निम्त्याएको र निष्ठाको राजनीतिक हराएको उहाँले प्रष्ट्रयाउनुभयो ।

नेतृत्वपंक्तीहरु विचमै आन्तरिक मतमतान्तरणले काँग्रेसी सिपाईहरु विचलित भईरहनु परेको उहाँले बताउनुभयो । जसले गर्दा काँग्रेसको पराजयको जिम्मेवारी अब केन्द्रीय तहले नै लिनुपर्ने औल्याउनुभयो । केन्द्रीय तहले गाउँका कार्यकर्ताहरुमा काँग्रेसको लक्ष्य र योजना पु¥याउन नसक्दा पराजयको सामना गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘ काँग्रेसको पराजयमा आफ्नै रणनीतिक त्रुटि छ । ’ राम्रालाई भन्दा हाम्रालाई टिकट वितरण गरिनुपर्छ भन्ने मानसिकता साथ काँग्रेस पछि परिरहेको उहाँले बताउनुभयो । जसले संगठन विस्तार गर्दै जनता माझ पुग्छ त्यसले टिकट पाउने सात ठाँउ चाहार्न पर्छ , जसले नेताको वरिपरि मात्रै घुम्छ उसले सजिलै टिकट पाउछ । यही प्रवृत्तिले काँग्रेस हराउदै, जनता उदासिनता बन्दै गईरहेको छ ।

काँग्रेसलाई बलियो बनाउन अब पार्टीभित्रको आन्तरिक गुठफुटको अन्त्य गरी पार्टी भित्रको वृहत एकता आवश्यक रहेको उहाँले बताउनुभयो । जसले गर्दा पार्टी एकद्वार प्रणालीमा साझा सहमिति एकतावद्ध तरिकाले सञ्चालन हुने स्वार्थ र चाकडीको राजनीतिक संस्कार अन्त्य भई सभ्य राजनीतिक संस्कारको विकास हुने उहाँले बताउनुभयो । काँग्रेस बिडो पुरानै पुस्ताले धान्दै आईरहेकाले पनि युवा पुस्ताको सक्रियता कम देखिएको उहाँको भनाई छ । राजनीतिको आधार नै युवा रहेकाले युवाको सक्रियता र अवसरलाई काँग्रेसले खुलाउदै लैजानुपर्ने बताउनुभयो । जसले गर्दा पार्टीले गतिशिलता पाउने र युवाको अग्रसरता बढ्दै जाने उहाँले बताउनुभयो । यही कारण मुलुकमा कम्युनिष्टहरुको हावी हुदै गईरहेका बताउनुभयो ।

उहाँले सरकारको प्रमुख प्रतिपक्षको भुमिकामा उभिएको काँग्रेसले प्रतिपक्षको भुमिका लाई चुस्तताका साथ निर्वाह गर्नुपर्ने बताउनुभयो । वडा देखी केन्द्र तहसम्म वाम सरकारकै व्रचश्व रहेकाले काँग्रेसीहरु सक्रियतापूर्वक प्रतिपक्षको भुमिका देखाउनुपर्ने पर्ने बताउनुभयो । देश र जनताको हित विपरित हुने र गरिने कुनै पनि काम सक्रिया पूर्वक खवरदारी गरौ ।

उक्त अवसरमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले नेतृत्व तहकै गुठफुटले आफुहरुमा निरासता पैदा गरेको गुनासो गरेका छन । नेतृत्व तह नै व्यक्तिमुखी काँग्रेस भईरहेकाले आफूहरु निरासता तर्फ धकेलिनु परिहेको कार्यकर्ताहरुको गुनासो थिए । जिल्लाका करिव दुई दर्जन वढि कार्यकर्ताहरुले फ्लोर ओपनमा गुनासा राखेका थिए । नेपाली काँग्रेसका दाङका सभापित किर्ति वहादुर खड्काको अध्यक्षता तथा नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । जिल्ला उपसभापति कमानसिहं भारतीको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव शंकर प्रसाद डाँगीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्