महाकाली नदिमा एक महिला बेपत्ता



सैघाली खबर
दार्चुला , १७ जेठ । महाकाली नदीमा बगेर एक महिला बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा दार्चुलाको महाकाली नगरपालिका ४ खलंगाका हिक्मत निरौलाकी श्रीमती अन्दाजी ३५ वर्षीय लक्ष्मी निरौला रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बुधबार साँझ ६ः३० बजेको समयमा महाकाली नगरपालिका ४ आर्मी गेटभन्दा तल डुमपानी क्षेत्रबाट निरौला महाकाली नदीमा बगेकी हुन । अहिले बेपत्ता निरौलाको स्थानियबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीले खोजी तिब्र पारेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्