प्रदेश ३

२२ देशका कम्युनिष्टहरु काठमाण्डौमा

By थाहा अनलाइन

May 31, 2018

सैघाली खबर काठमाण्डौ , १७ जेठ । विश्वका विभिन्न २२ देशका कम्युनिष्ट पार्र्टीका नेताहरु काठमाण्डौमा सम्मेलन सम्पन्न भएको छ समाजवादी पार्टी र वर्कर पार्र्टीको काठमाडौंमा ३० र ३१ मे मा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनबाट जनवाद र समाजवादका लागि न्याय, समानता, शान्ति, पर्यावरण संरक्षण, जातीय र लैंगिक विभेदको अन्त्य, नश्लवादको समाप्ति, गरीबी अन्त्य तथा पूँजीवादी एकाधिकार र उत्पीडनविरुद्ध ब्यवस्थित संघर्ष पारित गरिएको छ ।

जसमा संसारभरि चल्ने समाजवादी आन्दोलनप्रति सामूहिक एक्येबद्धता , विश्वमा बहुपक्षीय अन्तर्विरोध, सूचना प्रबिधिको तीब्र विकास र असमान वितरण अझ बढेको निष्कर्ष, नेपालमा हालै भएको दुइ ठूलो कम्युनिष्ट पार्टीबीचको एकता र केही समयअघिको चुनावी परिणामले विश्व कम्युनिष्ट आन्दोलनलाई नयाँ सन्देश दिएको निष्कर्ष छ ।

पूँजीवादी एकाधिकारविरुद्ध एकताबद्ध संघर्षमा जोड दिंदै एक देशमा हुने संघर्ष वा विजयका लागि अन्तर्राष्ट्रिय वैचारिक एक्येबद्धता अपरिहार्य रहेको सम्मेलनले पारित गरेको छ ।