प्युठानको मल्लरानीबाट राजमोद्धारा विजयी सुरुवात



१६ असार, प्युठान । राष्ट्रिय जनमोर्चाले प्युठानबाट जितको खाता खोलेको छ । जनमोर्चाले प्युठानको मल्लरानी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित चारवटा वडा अध्यक्ष जितेको छ ।अध्यक्षमा अमरध्वज राना र उपाध्यक्षमा सरिता जिसी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

 

वडानम्बर १ को अध्यक्षमा राजमोकै चिन्तबहादुर राहुँ, वडानम्बर २ मा लेखबहादुर थापा र ३ मा गिरिराज पौडेल विजयी भएका छन् । उनीहरु सबै राजमोका हुन् ।वडा नम्बर ४ मा कांग्रेसका कुमार श्रेष्ठ र वडा नम्बर ५ मा एमालेका रामबहादुर थापा विजयी भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्