वार्ताकोलागि ट्रम्प किमको पत्रको पर्खाइमा रहने



वासिङ्टन, १७ जेठ एएफपी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू उत्तर कोरियाली नेता किम जोङ उनको पत्रको प्रतिक्षामा रहेको बिहीबार बताएका छन् ।

सिङ्गापुरमा आगामी जुन १२ मा हुनेगरी तय भएको शिखरवार्तालाई यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियाली नेता किमलाई एक पत्रलेखी तत्कालका लागि सम्भव नभएको जनाएका थिए ।

तर पछि उत्तर कोरियाली पक्षबाट वार्ताका लागि गरेको सकारात्मक प्रयासपछि अमेरिकाले वार्ता पूर्व निर्धारित समयमा नै हुन सक्ने बताएको थियो ।

दुई देशका कूटनीतिक अधिकारीले वार्तालाई आगामी जुन १२ मा सिङ्गापुरमा नै गर्नेगरी पहल जारी राखेका छन ।
एक दिनका लागि टेक्सास जानुपूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “म उत्तर कोरियाली नेता किमले लेखेको पत्रमा के छ र्पिखरहेको छु ।
उत्तर कोरियाली उच्च प्रतिनिधि मण्डल सहित पत्र सम्भवत शुक्रबार वासिङ्टन आइपुग्ने छन ।”

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र यस पहिले नै अमेरिका पुगेका उत्तर कोरियाली अधिकारी किम योङ चोलबीच बिहीबार पनि न्यूयोर्कमा वार्ता भएको र वार्ता निकै सकारात्मक रूपमा अघि बढेको ट्रम्पले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्