सहकारीमा प्रबिधिको प्रयोग, पारदर्शी र जवाफदेही हुने अपेक्षा



 

तुलसीपुर १८ जेठ ।

तुलसीपुरमा सहकारी तथा गरिबि निवारण सूचना व्यबस्थापन प्रणालीमा तथ्याङ्क एकीकरण अभिमुखिकरण कार्यशाला गोष्ठी भएको छ । सहकारी बिभागको आयोजना तथा जिल्ला सहकारी संघ दाङको आयोजनामा बिहिबार गोष्ठी भएको हो । त्यस अबशरमा बक्ताहरुले सुचना प्रणाली तथ्याङ्क एकीकरणगर्ने सफ्टवेरले देशभरीका सहकारीहरुलाई एकशुत्रमा बाँध्न मद्दत पुग्ने बताएका थिए । यस्तो अनलाइनको प्रयोगसँगै रेकर्ड पारदर्शी र जवाफदेही हुने उनीहरुको भनाई थियो ।

जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोबिन्द्र प्रशाद शर्माको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यको प्रमुख आतिथ्यमा भएको अभिमुखिकरण कार्यक्रममा बक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा प्रमुख अतिथि आचार्यले आन्तरिक नियन्त्रण पद्धतिलाई स्थापित गर्दै सुशासन कायम गराउन यो प्रविधिको विकासले मद्दत पुग्ने बताईन् ।

त्यस अबशरमा बिशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसी, जिल्ला बहुद्देश्यीय सहकारी संघका सचिब शुक्रराज भण्डारीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा तुलसीपुर क्षेत्रका एक सय ६० सहकारीसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिममा सफ्टवेरका बारेमा जिल्ला सहकारी संघका कोषाध्यक्ष किरण भण्डारीले जानकारी गराएका थिए ।

उपाध्यक्ष शेसुराम भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण लेखा समितिका संयोजक हेमराज गौतमले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्