सरकारमाथी बाबुरामको प्रश्न- सरकारले हिम्मत हार्दै गएको हो ?



सैघाली खबर,
जेठ १८, काठमाडौं । नयाँ शक्ति नेपाल पार्टीका सांसद तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराइले भट्टराईले बहुमत प्राप्त सरकारले हिम्मत हार्दै गएको अनुभूति भएको बताएका छन् ।
शुक्रबार संसद बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै भट्टराईले बजेटका प्राथमिकता नै ठीक नभएको बताए ।
उनले समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न बजेटले सहयोग नगर्ने बताए । ‘कृषिमुखि अर्थतन्त्रमा जोड दिइएको छ । तर, समस्या केलाएर जान सकिएको देखिँदैन । लक्ष्य आठ प्रतिशत राम्रा छन् । तर, त्यसमा पुग्ने बाटो प्रष्ट छैन,’ भट्टराईले भने । उनले बजेटले नीजि क्षेत्रलाई पनि उत्साहित बनाउन नसकेको भन्दै लगानी गर्न अभिप्रेरित गर्नुपर्नेमा निरुत्साहित बनाएको बताए ।
बजेटमा आएको प्रधानमन्त्री रोजगारी कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण, २० उद्योगग्राम स्थापना, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण, राज्य सुरक्षा परिचयपत्र लगायतका कार्यक्रम आउनु सकारात्मक भएको उनले बताए ।
अर्थतन्त्रमा फड्को मार्ने अपेक्षा पूरा नभएको बताए । छाटो अवधिमा मध्यम विश्व हुँदै नेपाललाई पहिलो विश्व बनाउने सपना मरेको अनुभूति भएको उनले बताए । भट्टराईले भने, ‘दुईतिहाई बहुमत प्राप्त सरकार र चुनावी घोषणापत्र हुँदै नीति तथा कार्यक्रमसम्म आइपुग्दा केही आशा देखाइएको थियो तर, बजेटसम्म आइपुग्दा त्यो आशा मरेको मरेको अनुभूति हुन्छ ।’
‘तपाई आफ्नो सपनामा दृढ रहनुपर्छ । किनकी सपना मर्‍यो भने तपाईको जीवन पखेटा विनाको चरो जस्तो हुन्छ, जुन उड्न सक्दैन’ भन्ने अंग्रेजी कविता स्मरण गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘प्रचण्ड बहुमत प्राप्त सरकारले सपना मार्दै गएको, हिम्मत हार्दै गएको हो कि मलाई चिन्ता लाग्यो ।’
बजेटमा परेको ‘क्रमशः गरिनेछ, सम्भाव्यता अध्ययन गरिनेछ, यथाशीघ्र गरिनेछ’ जस्ता पदावलीहरु सरकारको आत्मविश्वास प्रदर्शन नगर्ने उनले बताए ।
प्रधानमन्त्रीकै भाषामा भन्दा दुई पाइलटले हाँकेको जेटप्लेन टेक अफ गर्न ६० वा १०० किलोमिटर नभई २९० किलोमिटरमा कुद्नुपर्ने तर, बजेटले त्यो नदेखाएको उनले बताए ।
बजेटले प्राथमिकता पहिल्याउन नसकेको उनको दाबी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्