प्रदेश ३

फोरमले छान्यो दुई मन्त्री, को–को परे त ?

By थाहा अनलाइन

June 01, 2018

सैघाली खबर, काठमाण्डौँ, १८ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । संघीय समाजवादी फोरमबाट दुई मन्त्री नियुक्त भएका छन् । फोरम अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राइन शहरी विकासमन्त्री बनेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यादव र राइनलाई मन्त्री नियुक्त गरेकी छन् । नवनियुक्त सपथ साझ ५ बजे शीतल निवासमा हुनेछ । हालै मात्र नेकपा र फोरमबीच आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने सहमति भएको थियो ।।