काठमाण्डौँ, जेठ।
आजकलका युवा युवतीहरू स्लिम देखिनका लागि अनेकौं प्रयास गरिरहेका हुन्छन् । यसैगरी पातलिने चक्करमा अमेरिकाको न्युयोर्ककी एक युवतीले अत्यधिक डाइटिङ गर्दा समस्यामा परेकी छन् । स्टेफनी रोड्ज १३ वर्षकी हुँदा धेरै मोटी थिइन् र उनको मजाक उड्ने गर्थ्यो । त्यसपछि उनले लहडमै डाइटिङ शुरु गरिन् र खाना नखाने जुनून रोगमा परिणत भयो । लगातार दुब्ली हुँदै गएपछि स्टेफनीको परिवारले चिकित्सकसँग सम्पर्क गरे तर स्टेफनीले उपचार गराउन चाहिनन् ।
https://www.youtube.com/watch?v=_lE-P2InAo4
तर उनी २३ वर्षकी हुँदा जम्मा २४ किलो तौल भएपछि अस्पताल नै भर्ना गर्नुप¥यो । उपचारमा क्रममा दिएको एक अन्तर्वार्तामा स्टेफनीले स्लिम देखिने इच्छाका कारण आफ्नो जिन्दगीसँग खेलवाड गरेको बताइन् । उनले भनिन्, ‘मेरो तौल लगातार कम हुँदै गएपछि अब यसलाई रोक्नुपर्छ भन्ने मलाई लाग्यो । मैले पोषणविद्सँग सल्लाह गरेर राम्रो खाने कोशिश गरें तर केही काम लागेन ।’ स्टेफनीलाई उदाहरण दिएर चिकित्सकहरूले डाइटिङ गर्दा हुने नोक्सानीका बारेमा मानिसहरूलाई सचेत गराउने गरेका छन् ।।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।