अचम्मका कुरा

स्लिम हुने चक्करमा यस्तो भयो युवतीको हालत……..

By थाहा अनलाइन

June 01, 2018

काठमाण्डौँ, जेठ। आजकलका युवा युवतीहरू स्लिम देखिनका लागि अनेकौं प्रयास गरिरहेका हुन्छन् । यसैगरी पातलिने चक्करमा अमेरिकाको न्युयोर्ककी एक युवतीले अत्यधिक डाइटिङ गर्दा समस्यामा परेकी छन् । स्टेफनी रोड्ज १३ वर्षकी हुँदा धेरै मोटी थिइन् र उनको मजाक उड्ने गर्थ्यो । त्यसपछि उनले लहडमै डाइटिङ शुरु गरिन् र खाना नखाने जुनून रोगमा परिणत भयो । लगातार दुब्ली हुँदै गएपछि स्टेफनीको परिवारले चिकित्सकसँग सम्पर्क गरे तर स्टेफनीले उपचार गराउन चाहिनन् ।

https://www.youtube.com/watch?v=_lE-P2InAo4

तर उनी २३ वर्षकी हुँदा जम्मा २४ किलो तौल भएपछि अस्पताल नै भर्ना गर्नुप¥यो । उपचारमा क्रममा दिएको एक अन्तर्वार्तामा स्टेफनीले स्लिम देखिने इच्छाका कारण आफ्नो जिन्दगीसँग खेलवाड गरेको बताइन् । उनले भनिन्, ‘मेरो तौल लगातार कम हुँदै गएपछि अब यसलाई रोक्नुपर्छ भन्ने मलाई लाग्यो । मैले पोषणविद्सँग सल्लाह गरेर राम्रो खाने कोशिश गरें तर केही काम लागेन ।’ स्टेफनीलाई उदाहरण दिएर चिकित्सकहरूले डाइटिङ गर्दा हुने नोक्सानीका बारेमा मानिसहरूलाई सचेत गराउने गरेका छन् ।।