शान्तिनगर अझै असुरक्षित



सैघाली खबर/दाङ, १८ जेठ ।
खानेपानी सरसफाइ स्वच्छता मञ्च (वासफोरम) ले झाडा पखाला प्रभावित क्षेत्र तथा खानेपानीको मुहानको अवस्था वारेमा अनुगमन गरेको छ । अनुगमन क्रममा खानेपानीको मुहान, खानेपानीको ट्याङकी, खानेपानी समितीमा पदाधिकारी तथा उपभोक्ताहरु संग छलफल गरीएको थियो । अनुगमनका क्रममा खानेपानीको मुहान सुरक्षीत नरहेको वास फोरमका संयोजक गोविन्द्र खडकाले जानकारी दिए । पानीको मुहानमा खोलाको पानी समेत जाने गरेको पाइएको थियो ।

‘पानीको मुहान सुरक्षीत नभएको पाइएको छ’ संयोज खडकाले बताए । मुहानमा वाहिरवाट समेत पानी जाने अवस्था रहेको उनको भनाइ छ । उक्त क्षेत्रमा दीर्घकालीन रुपमा खानेपानी समस्या देखिने अवस्था रहेको अनुगमन टोलीले जानकारी दिएको छ । यसकोलागि राज्बाटै पहल थाल्नुपर्ने अनुगमन टोलीले निष्कर्ष निकालेको छ । खोलावाट समेत पानी ल्याएर खानेपानी वितरण गरीएको पनि स्थानियले बताएका थिए । धमिलो खानेपानी खाए पछि आफुहरु विरामी परेको स्थानिय देवी पौडेलले बताइन ।

उक्त क्षेत्रमा केही वर्ष पहिले पनि यस्तै प्रकारको झाडा पखालाको प्रकोप फैलिएको थियो । खानेपानीका संरचना समेत जीर्ण हुदै गएको माइली खानेपानी उपभोक्ता समतीका अध्यक्ष माधवप्रसाद वस्यालले जानकारी दिए । जीर्ण संरचना मर्मत संभार तथा नया निर्माणका लागि सहयोग आवस्यक रहेको उनको भनाइ रहेको छ ।

आफुहरु संग टंयाङककीको समेत समस्या रहेको वस्यालले बताए । अहिले झाडापखाला नियन्त्रणमा आइ सकेको छ । उनीहरुलाइ पानी उमालेर खान समेत खानेपानी समितीले आग्रह गरेको छ । अनुगमनमा वास फोरमका सदस्य अमरराज आचार्य, गोरक्ष राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाल, सैघाली खवर डट कमका सञ्चालक यादव सैघाली लगाएतको सहभागिता रहेको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्