प्रदेश ५

शान्तिनगर अझै असुरक्षित

By थाहा अनलाइन

June 01, 2018

सैघाली खबर/दाङ, १८ जेठ । खानेपानी सरसफाइ स्वच्छता मञ्च (वासफोरम) ले झाडा पखाला प्रभावित क्षेत्र तथा खानेपानीको मुहानको अवस्था वारेमा अनुगमन गरेको छ । अनुगमन क्रममा खानेपानीको मुहान, खानेपानीको ट्याङकी, खानेपानी समितीमा पदाधिकारी तथा उपभोक्ताहरु संग छलफल गरीएको थियो । अनुगमनका क्रममा खानेपानीको मुहान सुरक्षीत नरहेको वास फोरमका संयोजक गोविन्द्र खडकाले जानकारी दिए । पानीको मुहानमा खोलाको पानी समेत जाने गरेको पाइएको थियो ।

‘पानीको मुहान सुरक्षीत नभएको पाइएको छ’ संयोज खडकाले बताए । मुहानमा वाहिरवाट समेत पानी जाने अवस्था रहेको उनको भनाइ छ । उक्त क्षेत्रमा दीर्घकालीन रुपमा खानेपानी समस्या देखिने अवस्था रहेको अनुगमन टोलीले जानकारी दिएको छ । यसकोलागि राज्बाटै पहल थाल्नुपर्ने अनुगमन टोलीले निष्कर्ष निकालेको छ । खोलावाट समेत पानी ल्याएर खानेपानी वितरण गरीएको पनि स्थानियले बताएका थिए । धमिलो खानेपानी खाए पछि आफुहरु विरामी परेको स्थानिय देवी पौडेलले बताइन ।

उक्त क्षेत्रमा केही वर्ष पहिले पनि यस्तै प्रकारको झाडा पखालाको प्रकोप फैलिएको थियो । खानेपानीका संरचना समेत जीर्ण हुदै गएको माइली खानेपानी उपभोक्ता समतीका अध्यक्ष माधवप्रसाद वस्यालले जानकारी दिए । जीर्ण संरचना मर्मत संभार तथा नया निर्माणका लागि सहयोग आवस्यक रहेको उनको भनाइ रहेको छ ।

आफुहरु संग टंयाङककीको समेत समस्या रहेको वस्यालले बताए । अहिले झाडापखाला नियन्त्रणमा आइ सकेको छ । उनीहरुलाइ पानी उमालेर खान समेत खानेपानी समितीले आग्रह गरेको छ । अनुगमनमा वास फोरमका सदस्य अमरराज आचार्य, गोरक्ष राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाल, सैघाली खवर डट कमका सञ्चालक यादव सैघाली लगाएतको सहभागिता रहेको थियो ।।