यस्तो पानी पिउछन् शान्तिनगरबासी



खेमराज रिजाल
पातेटाकुरा(शान्तिनगर), १९ जेठ । ‘हवाहुरी पनि असिना बर्षा भएको थियो, त्यसपछि मात्रै पानी परेको थियो त्यो दिन । हामीले असिना टिप्यौं र कचौरामा राख्यौं, पग्लिएपछि हेर्दा, कचौरामा गजररररर.. फोहर फिंज । पानी परेपछि सांझ भल आएछ, खोलामा आएको भलको पानी खानेपानी मुहानमा मिसियो, धारामा धमिलो पानी’ पातेटाकुराका स्थानियबासी कमल चलाउने स्मरण गर्छन्, धमिलो पानी खाएको दोस्रोदिनदेखि विरामी । एक पछि अर्को थपिंदै गर्दा एक साताभित्रै १ हजार ६ सयलाइ झाडा पखालाको संक्रमण । आकाशबाट बर्षने असिनानै त्यति फोहर थियो भने, भलको पानी कति फोहर थियो होला ।


विसं २०५५ शालमा स्थापना भएको सो खानेपानी योजना अघिल्लो शालसम्म सार्वजनिक धारामा सन्चालन भएको थियो । बढिमा ६० धाराको परीकल्पना गरीएको योजनामा धारा संख्या ७ सय पु¥याइयो । तात्कालिन माइलीपानी खानेपानी योजनाको मुहानको पानीले धान्न सकेन, अनि खोलाको पानी अर्को पाइपमार्फत सोहि मुहानमै मिसाइयो, जहां फिल्टर गर्ने कुनै प्रक्रिया अपनाइएको छैन । जसका कारण मुख्य मुहानमै फोहर भलको पानी मिसियो । मुहानको धेरै माथि बाक्लो बस्ती छ, जहांका स्थानियबासी अझैपनि खुल्लादिसा गर्छन्, बन क्षेत्रमा मरेका गाइबस्तु यत्रतत्र हुन्छन्, मरेका सर्प र छेपारा, त्यहि बग्दै मुहानसम्मको ट्यांकिमा ।


धारामा धमिलो पानी आएपछि मात्रै खानेपानी संस्थाका पदाधिकारीले थाहा पाए । ‘धमिलो पानी आएपछि तत्काल आएर खोलाबाट ल्याइएको पाइपलाइन छुटायौं’—खानेपानी संस्थाका अध्यक्ष माधव प्रसाद बस्याल भन्छन्, तर टेंकिमा प्रसस्तै व्याक्टेरीया पसेको थाहै भएन ।’ दोस्रो मुहान भन्दा केहि तल अर्को मुहान पनि छ, त्यहां पनि वाहिरको पानी सहजै पस्यो, त्यो पानीपनि लगेर अलि तल राखिएको रिजर्भ ट्यांकिमा खन्याइएको छ । दुवै मुहानमा भलपसेपछि पुरै पानी प्रदुशित भयो, रिजर्भ ट्यांकिहरुमा ।

 

खेतमा कम्पाउण्ड लगाएर राखिएका ५ वटा फरक फरक क्षमताका टेंकी सवैमा व्यक्टेरीया युक्त पानी भरियो, जुन सोझै प्रशोधन विनै उपभोक्ताका निजि धारामा वितरण भैरहेको थियो । सवै ट्यांकिको क्षमता १ लाख २ हजार लिटर । सवै वितरीत पानीमा सवैभन्दा बढि दिसाको रस प्रवेश गर्यो, जसमा करोडौं व्याक्टेरीया, जसलाइ स्वास्थ्य प्राविधिकहरुले ‘कोलिफर्म’ भनेका छन् ।

भर्खरै निर्वाचित भएको खानेपानी समितिका पदाधिकारीहरुलाइ यो सवै विषयमा हेक्का भएन, तर महामारी फैलिएपछि मात्र थाहा भयो, पानीमा दिसा पसेछ । पानी मारेर तीन÷चार दिन त विरामीहरुको स्वास्थ्य परीक्षणमै लाग्यो, त्यसै क्रममा स्वास्थ्य सेवा विभागबाट आएको स्वास्थ्य प्राविधिकहरुले मुहानको पानी र वितरीत धाराको पानी दुवै परीषण गरे । ‘धारा लगायत मुहानमै पनि प्रदुशित पानी’ प्राविधिकहरुको प्रतिवेदनमा उल्लेख छ, सुरक्षित भनिएको माथिल्लो मुहान पनि अछुतो छैन ।

पानीमा करोडौं कोलिफर्म व्याक्टेरीयाका कारण झाडापखालाले प्रकोपको रुप लियो । स्वास्थ्य उपचारसंगै पानी पनि औषधिको प्रयोगबाट प्रशोधन गरीएपछि अहिले प्रकोप नियन्त्रणमा आएको छ । ‘धन्न कसैले ज्यान गुमाउनु परेन, अचेल त उमालेको पानी पिउने गरेका छौं’—पातेटाकुराका स्थानियबासी निमराज पौडेल भन्छन्, धेरैलाइ त मैले जडिबुटिको दवाइ दिएर पनि झाडापखालाबाट जोगाएं ।

प्राविधिकका अनुसार माइलिपानी मुहान खानेपानी योजना यथार्थमा मुहानको पानीबाट चलेको होइन, केराघारी खोलाकै पानी हो, कहि देखिन्छ, कहिं भासिएको छ । भासिएको पानी अलि तलको कुनाबाट निस्केकोलाइ स्थानियबासीले मुहान भन्ने गरेका छन् । त्यसैले मुहानकै पानीमा प्रशस्त कोलिफर्म व्याक्टेरीया पाइएको हो, जसलाइ फिल्टर गरेर छान्न सकिंदैन, सुद्धिकरणको औषधि प्रयोग गर्नु तथा उमाल्नुको विकल्प छैन ।


अहिले मुहानमा खोलाबाटै पानी मिसाइएका दुइ स्थानका पाइपहरु ह्टाइएको छ, तर फेरी अर्को समस्या बल्झिन थालेको छ । खोलाको पानी नमिसाइ मुहान भनिएको पानीबाट मात्र उपभोक्तालाइ पानी पुराउनै मस्कील भएको उपभोक्ता समितिले जनाएको छ । अध्यक्ष बस्याल भन्छन्, ‘यसकालागी हामीलाइ तत्काल कम्तिमा ३ लाख लिटरको रिजर्भ ट्यांकि चाहिएको छ’, हाम्रो समस्या सवै पत्रकारहरुले लेखिदिनुहोला । अहिले सांझ दुइ घण्टा र विहान २ घण्टा धारा छाड्ने गरिएको छ । तर ट्यांकिमा ओभरफ्लो नभइ सवै धारामा पानी नआउने समस्या छ ।

त्यसैले रातीमा पनि एक घण्टा पानी उपलव्ध गराउने तयारीमा संस्था रहेको छ । त्यसो त मुहानमा सर्प मरेको र सडेका गाइबस्तु समेत खोलामा हुन सक्ने स्थानियबासीले अनुमान गरेका छन् । लक्ष्मण विश्वकर्माले सामाजिक सन्जाल फेसबुकमै मुहानमा मरेको सर्प भेटिएको तस्वीर राखेका थिए । स्थानिय देवी पौडल पनि मुहान फोहर भएको स्वीकार्छिन । ‘कुलो लगाउन मुहान भन्दा माथि जान लागेकि थिएं, मुहानमामा मिसाइने पाइप जोडिएको खोलाको खाल्डोमा कुकुर आला बसिरहेको थियो ।


ट्यांकि लगायत पाइपलाइनहरु विच्याइएको करीव २० बर्ष भयो । सवै संरचनाहरु ीजर्ण अवस्थामा छन् । स्थानिय उपभोक्ता समितिका पदाधिकारीहरुले ती संरचनाहरु पुर्ननिर्माणकालागी संस्थासंग प्रयाप्त बजेट नभएको भन्दै राज्यका निकायहरुसंग पुकारा गरेका छन् । त्यसैवेला पानीलाइ पुर्णरुपमा प्रशोधन गर्न सकिएमात्रै पातेटाकुरा घटना फेरी दोहोरीने छैन । स्मरण रहोस स्थानियबासीका अनुसार करीव १० बर्ष पनि सोहि मुहानको पानीले यस्तै महामारीको अवस्था ल्याएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्