‘ राज्यको नीति भन्दा नियत विभेदकारी छ ’



गिरिराज नेपाली

दाङ , १८ जेठ । जातिय रुपमा पछि पारिएका आदीवासी जनजाती समुदाय संघिय लोकतान्त्रिक राज्य व्यवस्थामा पनि पछि परिरहनुपरेको आदीवासी जनजाती अगुवाहरुको गुनासो छ ।  पहिचान प्रतिनिधित्व र स्वायत्तताका लागि आदीवासी जनजातीहरुको अडान , पहिचान सहितको संघियताका लागि हाम्रो साझा अभियान ’ भन्ने मुलनारा साथ शुक्रवार घोराही आयोजित समसामयिक परिस्थिति र प्रशिक्षणात्मक कार्यक्रममा जनजाती अगुवाहरुले यस्तो बताएका हुन ।

कार्यक्रममा नेपाल आदीवासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष जगत बरामले राज्यको विभेदकारी नीतिले आदीवासी जनाजातीहरु अन्याय परेको बताउनुभयो । आदीवासी जनजातीहरुका मुख्य संस्कृति र परम्पराहरु मेट्न गरी राज्यले पर्वका नाममा हुने सार्वजानिक विदा कटौती गरेको बताउदै राज्यले आदीवासी जनाजातीहरुको पहिचान मेटाउन लागेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो – ‘माघे सक्रान्ती र थारुको माघी विदा उधौली , ल्होसार जस्ता हाम्रा मुख्य–मुख्य पर्वहरुको बिदा कटौती गरियो । राज्यले त्यो नियमवंश गरेको हो । ’

राज्यले आदीवासी जनजातीहरुलाई पहिचान सहितको अधिकार दिलाउन नसक्दा पहिचान विहिन अवस्थामा आदीवासीहरु बस्नु परेको उहाँले बताउनुभयो । आदीवासी जनजातीका लागि राज्यको नीति र नियती ठिक नहुदा विभेदमै बाँचिरहनु परेको उहाँले बताउनुभयो । जसका लागि लागि सवै आदीवासी जनजाती संगठित भई पहिचान सहितको अधिकार स्थापित एकताबद्ध हुनुपर्ने उहाँको सुझाव थियो । राजनीतिक तह भन्दा माथि उठेर आदीवासीहरुको पहिचान र अधिकार आवाज उठाउनुपर्ने उहाँले बताउनुभयो ।

आदीवासीहरु जनजातीहरु प्हिचान र अधिकारका रुपमा मात्रै होइन राजनीतिक विभेदमा पर्ने गरेको नेपाल आदिवासी जनजाती महासंघका केन्द्रीय उपाध्यक्ष गोविन्द छन्त्यालले बताउनुभयो । आदीवासीहरु लाई राजनीतिक अवसर नेतृत्वपंक्तीले दिन नसक्दा झोला बोक्का कार्यकर्तामा मात्रै आदीवासी जनजातीहरु सिमिति हुनुपरिहेको भनाई राख्नुभयो । राजनीतिक मुलधारमा आदीवासीहरुको पहुच पुग्न नसक्दा विभेदकारी व्यवहार खेपिरहनु परेको उहाँले बताउनुभयो ।

नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् दाङका अध्यक्ष राम वहादुर कुमालको अध्यक्षतामा तथा नेपाल आदीवासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला सल्लाहाकार नारायण श्रेष्ठ, पूर्व सचिव कुल वहादुर घर्ती , सविना बुढा, तेजमान चौधरी, मुक्त वुढा नारायण चौधरी लगायतका भनाई राख्नुभएको थियो । उपाध्यक्ष टिका श्रेष्ठको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव लिलारम चौधरीले गर्नुभएको थियो ।

‘स्वायत्त मगरात माग’

संघिय राज्य व्यवस्थाले मगर वाहुल्य क्षेत्र कुनै पहिचान दिन नसकेको बताउदै मगर बाहुल्य क्षेत्रलाई स्वायत्त मगरात घोषण गर्न मगर समुदायको माग रहेको छ । ईतिहास, भाषा सस्कृति संरक्षण सम्र्वद्धन निर्माणको मुलमन्त्र मगरात र स्वायत्त शासन व्यवस्था सहितको संघिय गणतन्त्र मुलुकको समसामयिक अवस्था बारे अन्र्तक्रिया कार्यक्रममा मगर अगुवाहरुले मगर बाहुल्य क्षेत्रलाई स्वायत्त मगरात घोषणा गरिनुपर्ने माग गरेका छन ।

नेपाल मगर संघ दाङका अध्यक्ष शितलाल पुनको अध्यक्षता तथा नेपाल मगर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गुरुप्रसाद घर्तीको प्रमुख आतिथ्यतामा सम्पन्न्न कार्यक्रममा नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन मगर, दल वहादुर विरकट्टा मगर, कमला थापा मगर र धन वहादुर पुनले भनाई राख्नुभएको थियो । नेपाल मगर संघ दाङकी उपाध्यक्ष दिल कुमारी बुढाको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रम सहजीकरण डिल्ली घर्तीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्