चन्द्रवीर घरमा विद्युत विस्तारका रकम उठ्ने क्रमजारी



 


दाङ,१८ जेठ ।तुलसीपुर उपमहानगरपालिका ३ खमारीका दृष्ट्रिविहीन चन्द्रवीर वलीको घरमा विद्युत विस्तारका रकम उठ्ने क्रमजारी रहेको छ ।

मलबहादुर डाँगी

बिभिन्न संघ,संस्था व्यक्तिहरुको सहयोगबाट उठेको रकमले चन्द«वीरको घर सम्म विद्युत विस्तार गर्न थालिएको विद्युत विस्तार अभियानका संयोजक यादव सैघालीले जानकारी दिनुभयो । विद्युत अभाब हुदा दृष्टिविहीन चन्द्रवीरको परिवार मोवाईल चार्ज गर्न दुईघण्टा पैदलयात्रा गरी घर भन्दा टाढा जानुपर्ने बाध्यता थियो । घरमा सोलार भएपनि अहिले त्यसले काम नगर्दा आफन्त ईष्टमीत्रसंग सम्पर्क गर्न समेत निकै मुस्किल हुने गरेको चन्द्रवीरका लोकराज वलीले वताउँनुभयो ।

निमा सैघाली

‘म आफै आखाँ देख्दैन मोवाईल चार्ज गर्नमात्र हातले छामछुम गर्दै गाउँ भन्दाटाढा पुग्नुपर्ने वाध्यता छ ’लोकराजले भन्नुभयो । घर नजिकका ६५ घर परिवारले विद्युत बालेका तर हाम्रो घर अन्धकार छ उहाँले भन्नुभयो । अहिले सम्म टुकीकै भरपर्दै आँयौ घर उज्यालो बनाउँन सोलार थियो त्यसले कामगर्ने अबस्थामा छैन भन्नुभयो ।

कमल डाँगी

चन्द्रवीर घरसम्म विद्युत पु¥र्याउन घोराही उपमहानगरपालिका १० नारायणपुर हाल कतारमा गोल्डेन फिङ्गर कम्पनी संचालन गर्दै आउँनु भएका मलबहादुर डाँगी ‘मिलन’ले २० हजारगौरीशंकर ओभरसिज प्रा.लि.का संचालक निमा सैघालीले १० हजार तुलसीपुरका व्यापारी डेमलाल भण्डारीले ५ हजार,तुलसीपुर घरभई हाल काठमाण्डौमा लिडर म्यानपावर ओभरसिज संचालक कमल डाँगीले ५ हजार रुपैयाँ सहयोग प्रदान गर्नु भएको छ ।

डेमलाल भण्डारी

यस्तै घोराही स्थित रिभाईप नेपाल प्रा.लि.का संचालक यज्ञबहादुर बुढाथोकीले ५ हजार रुपैयाँ सहयोग प्रदान गरेको विद्युत विस्तारका लागि आर्थिक सहयोग गरेको अभियानका संयोजक सैघालीले जानकारी दिनुभयो । बिभिन्न संघ,संस्थासंग रकम उठ्ने क्रम जारी रहेको वताउँदै एक महिना भित्र विद्युत चन्द«वीरको घरमा जडान गरिने उहाँले वताउँनुभयो । यसका साथै एक बर्षका वली परिवारलाई आबश्यक पर्नै खाद्यान समेत उपलव्ध गराउँने संयोजक सैघालीले जानकारी दिनुभयो ।

यज्ञबहादुर बुढाथोकी

वलीको घर सम्म विद्युत पु¥र्याउँन करिव १ लाख रुपैयाँ लाग्ने छ । सहयोगका लागि विद्युत प्राधिकरण, घोराही उपमहानगरपालिका तुलसीपुर उपमहानगरपालिका सहकार्य गरिने उहाँले वताउँनुभयो ।यस्तै वली परिवारका लागि सैघाली खबरले खाद्यान सहयोग गरेको छ। दाल,चामल,नुन तेल प्रदान गरेको । सैघाली खबर संचालक यादव सैघालीले वताउँनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्