आँखाको नानी किन सङ्कलन गरिन्छ ?



काँकडभिट्टा, १९ जेठ
मेची आँखा अस्पतालले आँखा दान गरेका व्यक्तिको मरणोपरान्त आँखाको नानी सङ्कलन गरेको छ ।
मृतकबाट सङ्कलित आँखाको नानी आँखा नदेख्ने जीवित व्यक्तिलाई प्रत्यारोपण गरिने छ । यसरी प्रत्यारोपण गर्दा एक न्यून दृष्टियुक्त व्यक्तिले नयाँ संसार हेर्न पाउने छन । अस्पतालले दमक–८ की ४४ वर्षीया सपना भट्टराईको देहान्तपछि आँखाको दुवै नानी निकालेर आँखा बैङ्कमा पठाएको छ ।

भट्टराईले जीवित हुँदा नै काठमाडौँको तिलगङ्गा आँखा अस्पतालमा आँखा दान गरेकी थिइन । अस्पतालका स्वास्थ्य प्राविधिक पुष्प अधिकारी र सहयोगी होमप्रसाद धितालले कन्काई घाटमै पुगेर मृतकको आँखाको नानी निकालेका हुन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्