बिरेन्द्रको बंश नास यसरी भयो



 

२०७५ काठमाण्डौ १९ जेठ ।  १९ आउने  नारायणहिटी राजदरबार हत्याकण्ड नसम्झने कमै हुन्छन् । सधै वर्ष झै यसपालि पनि जेठ १९ त्यही काहाली लाग्दो रात सम्झाउँदै आएको छ । १६ वर्षअघि भएको दरवारकाण्ड अझै धेरैको दिमागमा ताजै छ । सञ्चारमाध्यमदेखि सर्वसाधारण समेतले यतिबेला त्यो दुःखद हत्याकाण्डको चर्चा परिचर्चा गरिरहेका छन् । तर दशक वितिसक्दा पनि सधैं चर्चा मात्र भइरहने यो हत्याकाण्ड कसरी भयो भन्ने विषय चाँहि अझै रहस्यकै गर्भमा छ ।स्वर्गीय राजा विरेन्द्रको वंशनाश हुनेगरि भएको नारायणहिटी दरबार हत्याकाण्ड भएको मंगलबार १४ वर्ष पुरा भयो । २०५८ जेठ १९ गते शुक्रवार राति तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी राजपरिवारका १० जनाको हत्या भएको थियो । तर न अहिलेसम्म हत्याको यथार्थ सार्वजनिक भयो न त जनताले चित्त बुझाउने किसिमको छानबिन नै भएको छ ।

इतिहासको गर्भमा रहस्यकोरुपमा रहेको एउटा राजपरिवारको बंश नै समाप्त हुने गरि भएको उक्त घटना नेपालको इतिहासको एक कहालीलाग्दो रात थियो । बलियो सुरक्षा घेराभित्र अत्यन्त शक्तिशालि राजपरिवारको वंशनाश भएको घटनाका बारेमा अझै स्वतन्त्र छानबिन भने हुन सकेको छैन । तत्कालिन प्रध्यानन्यायाधीशको संयोजकत्वमा सभामुखसमेत रहेको उच्चस्तरिय छानबीन समितिको प्रतिवेदनले घटनाको विवरणमात्र प्रस्तुत गरेको थियो । तत्कालिन सभामुख तारानाथ रानाभाटले प्रतिवेदन सार्वजनिक गर्दा देखाएको असंवेदनशील ब्यवहार र फितलो प्रस्तुतिका कारण सो प्रतिवेदन आफैं हास्यास्पद बन्न पुगेको थियो ।

घटनालगत्तै छानविन समितिले हत्याको अनुसन्धान सहितको प्रतिवेदन तयार पा-यो । प्रतिवेदनले हत्याकाण्डको प्रमुख दोषी तत्कालीन युवराजधिराज दीपेन्द्रलाई देखायो । जुन तथ्यलाई धेरैले अझै पत्याएका छैनन् । तत्कालिन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानबीन् समितिले घटनाका बारेमा प्रतिबेदन तयार गरेपनि सो प्रतिवेदनका बारेमा चौतर्फी आशंका गरिएको थियो । प्रतिवेदन पत्यारिलो नभएर जनस्तरबाट पनि यसको विरोध  भयो ।

 

हत्याकाण्डको वैज्ञानिक छानबिन नहँदै त्यसका प्रमाणहरु नष्ट पार्ने काम भएको बताइन्छ । घटना यतिबर्ष भइसक्दा नारायणहिटी दरबारभित्र हत्याकाण्ड भएको भवन भत्काइसकिएको छ भने अन्य प्रमाणरु सबै नष्ट गरिएको छ । दरबार हत्याकाण्ड र त्यसपछिको जनआन्दोलनले २ सय ४० वर्षदेखि शासन चलाउँ आएको राजसंस्थाको जग नराम्ररी भत्कियो । जनताको नजरमा वीरेन्द्रले उदारवादी राजाको छवि बनाएका थिए । उनकै व्यक्तित्वका कारण राजसंस्थाप्रतिको आस्था बढेको थियो । तर राजा वीरेन्द्रको वंशनाश हुने बित्तिकै दरबारप्रति जनतामा वितृष्णा जाग्दै गयो । दाजुको वंशनाश हुँदा पनि सपरिवार कुसल रहेका र राजा बन्ने भाग्यमानी ठहरिएका ज्ञानेन्द्रले स्व.विरेन्द्र शाहको अवलम्बन गरेको प्रजाातान्त्रिक बाटोलाई बन्द गर्ने चेष्टा गरेपछि जनतामा राजसंस्थााप्रतिको वितृष्णा चरम चुलीमा पुग्यो ।

हत्याकाण्डको एक वर्षभित्रै २०५९ असोज १८ तत्कालीन शेरबहादुर देउवा सरकारलाई असक्षम घोक्षणा गर्दै प्रतिगमनको पहिलो प्रयास गरेका थिए । र सरकारको विघटनसंगै सबै राजनीतिक दलहरु आन्दोलनमा होमिए । २०६१ माघ १९ मा ज्ञानेन्द्र शाह आफैंले प्रत्यक्ष शासन सञ्चालन सुरु गरे । र ज्ञानेन्द्र शाहकै गलत शासनशैलीले गर्दा २०६२ र ६३ सालमा दोस्रो जनआन्दोलन भयो । जनआन्दोलनपछिको संविधानसभाले २०६५ साल जेठ १५ गते राजसंस्थाको औपचारिक बिदाइ गर्दै नेपाललाई लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो ।निश्चय नै दरबार हत्याकाण्ड एक दशकदेखि खुल्न नसकेको भयानक रहस्य हो ।

 

तर यही रहस्यका बारेमा नामै नसुनेका व्यक्तिदेखि प्रधानमन्त्री भएका व्यक्तिले समेत मनलाग्दो बोलेर चर्चा कमाउने काम हुनु इतिहासकै विडम्बनाको विषय हो । बेलाबेला सत्तामा रहदा छानविनको कुनै तदारुकता नदेखाएका व्यक्तिहरुले अहिले दरवारकाण्डको १४औं वर्ष पुग्दा त्यसबारे टिकाटिप्पणी गरेर चर्चा कमाउन खोजेको देखिन्छ । यसबीच कसैले नयाँ खुलासा भन्दै नयाँ नयाँ कुरा बोलेका छन् भने कतिपयले यसबारे किताब पनि लेखेका छन् ।

दरवार हत्याकाण्ड हुने वित्तिकै तत्कालिन शसस्त्र संघर्षरत माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले ‘नयाँ कोतपर्वलाई मान्यता दिनु हुँदैन’ भनेर देशमा गणतन्त्र आइसकेको दावी गर्दै लेखेको लेखका कारण कान्तिपुरका सम्पादक पक्राउ परेका थिए । मुलुकमा गणतन्त्र घोपणा गरी वीरेन्द्रलाई प्रथम राष्ट्रपति बनाउने निर्णय माओवादीले गरेको र त्यसको केही दिनमा नै दरबार हत्याकाण्ड भएको दाबी प्रचण्डले गरेका थिए । वीरेन्द्रको वंशनाश हुनुका तीन कारण रहेको प्रचण्डको दाबी थियो । माओवादीसँगको वीरेन्द्रको सम्बन्ध नै उनको हत्याको पहिलो कारण रहेको पनि प्रचण्डले खुलासा गरिसकेका छन् ।

 

जनान्दोलनको बलमा गठन भएको अन्तरिम सरकारका प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाले घटना छानविनको प्रतिवद्धता जनाएका थिए । तर उनले पनि त्यो आट र साहस गर्न सकेनन् । पहिलो संविधानसभा निर्वाचन पछि एकिकृत माओवादीले आफूलाई ठूलो दलको रुपमा स्थापित गर्यो । २०६५ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डको चित्तबुझ्दो छानबिन गर्ने सार्वजनिक प्रतिबद्धता जाहेर गरेका थिए । तर प्रधानमन्त्री हुन्जेल उनले पनि त्यसका लागि कुनै पहल गरेनन् । त्यसयता बनेका प्रायः हरेक सरकार प्रमुखले दरबार हत्याकाण्ड छानविन गर्ने प्रतिबद्धता जनाउदै आएका छन् । तर कसैले अहिले सम्म सो घटनाको निष्पक्ष छानविन र त्यसको यथार्थ सार्वजनिक गर्ने पहल गरेको देखिदैन ।


उसो त प्रधानमन्त्री छदा एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्व. वीरेन्द्र शाहसँग माओवादीको अघोषित कार्यगत एकता रहेको पनि खुलासा गरेका थिए । चीनबाट हतियार आयात गर्न चाहेकाले पनि वीरेन्द्रको हत्या भएको प्रचण्डको दाबी छ ।तर तत्कालिन प्रधानन्यायधिसको संयोजकत्वमा गठिन छानविन आयोगले युवराज दिपेन्द्रको प्रेम सम्बन्धले घटना भएको प्रतिवेदन सार्वजनकि गरेको थियो । यद्यपी, जसले जेसुकै दावी वा अनुमान लगाए पनि दरवार हत्याकाण्डको यथार्थ सार्वजनिक हुन सकेको छैन । दरबार हत्याकाण्डपछि राजनीतिक दलहरुले पनि बारम्बार हत्याकाण्डको छानबिन गर्ने प्रतिबद्धता जनाएर श्राद्धमा विरालो बाँध्ने परंपरालाई निरन्तरता मात्र दिएको देखिन्छ ।

दोस्रो जनआन्दोलनका बेलामा पनि दलहरुले छानबिन गर्ने बताएका थिए । तर, त्यो केबल राजनीतिक नारा मात्र बन्यो । माओवादीको नेतृत्वमा सरकार बन्दा पनि माओवादीहरुले हत्याकाण्डको छानबिन गर्ने घोषणा गरे । तर, सरकारमा हुन्जेल माओवादीले पनि छानबिनको पहल गरेन । त्यसपछि प्रधानमन्त्री भएका माधवकुमार नेपालले पनि हत्याकाण्डको छानबिन गर्ने प्रतिबद्धता जनाए । तर, उनको सरकारले पनि छानविनको पहल गरेन । नारायणहिटी हत्याकाण्डका विषयमा विभिन्न रहस्या कथा बने तर सत्य कहिले पनि बाहिर नआउने गरि लुक्दै छ । शासकहरुले विरेन्द्रको बंशनाश हुने गरि भएको हत्याकाण्ड भुल्ने वा भुलाउने प्रयास गरेपनि त्यो कहाली लाग्दो नारायणहिटी हत्याकाण्ड र हत्या भएका कारण पनि बढि साहनुभुति पाएका विरेन्द्रका परिवारलाई नेपाली जनताले सम्झिरहने छन् ।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्