व्यापारी श्रेष्ठको मृत्य फेला छोरी प्रयोग गरी बाबुले अपहरण गरेको प्रहरीको खुलासा



सैघाली अनलाईन खबर
असार १६ , दाङ । अपहरणमा परेको दाङका व्यापारी राजकुमार श्रेष्ठ शुक्रवार मृत फेला परेका छन । सल्यानको पाथिभरा लेकमा रहेको जंगलमा भेटिएको थियो । श्रेष्ठ अपहरणका नाईके मुख्य नाइके टीका घर्तिमगरले आफ्नै छोरी पूजालाई प्रयोग गरेर श्रेष्ठको अपहरण गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए । death-1-700x640

उनका अनुसार मगरले छोरी पूजा, उनकी अर्की एक केटी साथी र अन्य ७ जना प्रयोग गरेर अपहरण गरेका हुन्। दाङ प्रहरीले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार पूजाले जेठ २६ गते श्रेष्ठलाई फोनमा ‘सल्यान घुम्न जाउँ’ भनेर बोलाएकी थिइन्। श्रेष्ठ त्यसपछि तुलसीपुर बजार पुगे। त्यहाँबाट दुवै जना कारमा चढेर सल्यानतिर लागे। एक घन्टा ड्राइभ गरेर कपुरकोट भन्ने ठाउँमा पुगेपछि उनलाई अपहरण गरिएको प्रहरीले जनाएको छ।

अपहरणमा संलग्न चार जनालाई प्रहरीले पत्रकार सम्मेलनमै सार्वजनिक गरेको छ। रमेश भन्ने मनबहादुर पुन, रुवत थापा मगर, अविराव महतरा र जमा पुनलाई पक्राउ गरिएको दाङका एसपी धीरजप्रताप सिंहले जानकारी दिए। घटनामा संलग्न मानबहादुर भण्डारी लगायतका अन्य फरार छन्। भण्डारी आपराधिक क्रियाकलापमा धेरैपटक जेल परिसकेका छन्।

प्रहरीका अनुसार अपहरणकारीले श्रेष्ठको परिवारलाई फोन गरेर तीन करोड रुपैयाँ फिरौती मागेका थिए। अपहरणकारीले श्रेष्ठको आवाजमा ‘म सञ्चै छु, मागेको रकम दिनू’ भन्ने कुरा रेकर्ड गराएर परिवारलाई सुनाएका थिए। परिवारका सदस्यले फिरौती रकम बुझाउन मञ्जुरी जनाउँदा जनाउँदै उनको हत्या भएको हो।

प्रहरीका अनुसार रिम जंगलसम्म अपहरणकारीले श्रेष्ठको गाडी प्रयोग गरेका थिए। अपहरण भएको तीन दिनसम्म निरन्तर जंगलमा हिँडाएका थिए। उनले तीन दिनसम्म केही खान पाएका थिएनन्। मधुमेहका बिरामी श्रेष्ठ जंगलको बाटो लगातार हिँड्दा थाकेर बेहोस भएपछि ढुंगाले किचेर हत्या गरिएको पक्राउ परेकाहरूले बयानमा बताएका छन्।

अपराध महाशाखा र सिआइबीबाट गएको टोलीले अनुसन्धान गरेपछि शंकास्पद केही पक्राउ परेका थिए। पक्राउ परेकाहरुले श्रेष्ठको शव जंगलमा छ भनेपछि प्रहरी टोली शुक्रबार बिहान घटनास्थल पुगेको थियो। शव भेटिएपछि डोटीबाट हेलिकप्टर मगाई तुल्सीपुर ल्याइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्