कर्णाली नदीमा साहसिक जलयात्रा गर्नेको संख्या बढ्दो



धनगढी, १९ जेठ

कैलालीको पर्यटकीय क्षेत्र चिसापानीको कर्णाली नदीमा शुक्रबार एक साथ झण्डै ९०० पर्यटकले जलयात्रा गरेका छन ।

कैलाली भ्रमण वर्ष २०७५ मनाउने क्रममा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गोदावरी च्याम्बर अफ कमर्शद्वारा कर्णाली नदीमा आयोजित साहसिक जलयात्राको नेपाल र भारतका पर्यटकले आनन्द लिए ।
कर्णालीको कुइनेबाट दक्षिणतर्फको चिसापानीसम्मको भागसम्म जलयात्रा गरिएको थियो ।

नेपालको सबैभन्दा लामो नदी कर्णाली जलयात्राका लागि निकै उपयुक्त भए पनि यसले व्यावसायिक रुप भने लिन सकेको छैन ।

प्रदेश नं ७ को प्रवेशद्वार कर्णाली चिसापानीस्थत कर्णाली नदीमा बनेको ‘केबुल स्टेट ब्रिज‘ दक्षिण एशियाकै नमूनाको पुल मानिन्छ ।

प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले हरियो झण्डा देखाएर साहसिक जलयात्राको शुभारम्भ गर्दै कर्णाली नदी जलयात्राका लागि राम्रो सम्भावना रहेको बताएका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्