ट्रम्प र किमबीच १२ तारिखमै भेटवार्ता हुने



सैघाली खबर
काठमाणडौं,१९ जेठ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग यही जुन १२ तारिखमै भेटवार्ता हुने बताउनुभएको छ । उत्तर कोरियाली नेता किमले पठाएको पत्र पाएपछि राष्ट्रपति ट्रम्पले पूर्वनिर्धारित मितिमै सिंगापुरमा भेटवार्ता हुने बताउनुभएको हो । यसअघि राष्ट्रपति ट्रम्पले १२ तारिखमा हुने भनिएको भेटवार्ता रद्द भएको घोषणा गर्नुभएको थियो । राष्ट्रपति ट्रम्पले सिंगापुरमा हुने भेटवार्तामा कोरियाली युद्धको औपचारिक समापन गर्ने विषयमा छलफल हुने बताउनुभएको छ । कोरियाली देशबीच सन् १९५० देखि १९५३ सम्म संघर्ष भएपनि शान्ति सम्झौता भने हुन सकेको छैन, अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्