युक्रेनमा २४० बालबालिकाको मारिए



१९ जेठ सिन्ह्वा

युक्रेनमा भएको द्वन्द्वका क्रममा २४० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर शुक्रबार तथ्याङ्क सार्वजनिक गरिएको युक्रेनको विदेश मन्त्रालयले जनाएको छ ।

“द्वन्द्व प्रभावित क्षेत्रमा अहिले पनि बालबालिकाहरु खतरामा रहेका छन र उनीहरूलाई सुरक्षाको आवश्यकता छ,” विदेश मन्त्री प्याभ्लो क्लिम्किनले भने ।
युक्रेनको पूर्वी क्षेत्रमा सन २०१४ को अप्रिलदेखि द्वन्द्व सुरु भएको हो । त्यस क्षेत्रका सहरहरूलाई आफ्नो नियन्त्रणमा राख्न सरकारी पक्षले रक्षात्मक आक्रमण गरिरहेको छ ।

सशस्त्र लडाकु समूहले केही ठाँउहरू आफ्नो नियन्त्रणमा लिएर कीभबाट स्वतन्त्र भएको घोषणा गरेका छन । सिन्ह्वा

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्