जापानमा मान्छेको जन्मदरमा गिरावट आयो



१९ जेठ/जापान

जापानमा सन २०१७ मा जन्मिएका शिशुको संख्यामा उल्लेख्य कमी आएको शुक्रबार सार्वजनिक भएको यहाँको सरकारी तथ्याङ्कमा जनाइएको छ ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयद्धारा नवजात शिशुको जन्मदरमा थप गिरावट आएको र यो गत वर्षको नौ लाख ४६ हजार ६० बाट पनि तल झरेको बताइएको छ ।

अघिल्लो बर्ष जन्ममा आएको ३० हजार ९१८ को कमीका कारणले सन २०१७ मा जापानमा जनसङ्ख्या ३ लाख ९४ हजार ३७३ ले घटेको छ भने मृत्यु हुनेको संख्या ३२ हजार भन्दा माथि छ ।
मृत्यु हुनेको यति ठूलो संख्या दोस्रो विश्वयुद्ध पश्चातको १३ लाख ४० हजार ४३३ पछिको सबैभन्दा धेरै भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

जापानको जम्मा प्रजनन दरमा ०.०१ बाट गत वर्ष १.४३ मा झरेको बताइएको छ । यो तथ्याङ्क जापानी महिलाले आफ्नो जीवनकालमा औषतमा जन्माउन सक्ने शिशुको आधारमा तय भएको हो ।

जापानी प्रशासकीय प्रान्त अनुसार हेर्दा सवैभन्दा बढी प्रजनन दर ओकिनावामा १.९४ रहेको छ भने सवैभन्दा कम जापानको राजधानी टाकियोमा रहेको पाइएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्