जुवामा हारेपछि आफ्नै श्रीमतीलाई बलात्कार गर्न लगाए



१९ जेठ
काठमाडौँ

जुवाडेले घरको सबै सम्पती जुवा खेलेको सुनकै कुरा हो तर एक श्रीमानले आफ्नै श्रीमतीलाई जुवा खेलेका छन ।

यति सम्मकी जुवा जित्नेलाई आफैले साडी फुकालि दिएर बलात्कार गरेको हेरिरहे ।

यो घटना भारतको हो । भारतीय संचार माध्यमहरुका अनुसार ओडिसामा एक जुवाडेले आफ्नै श्रीमतीलाई जुवाको दाउ राखे ।

सबै सम्पती हारेका ती जुवाडेले श्रीमती पनि हारे । त्यसपछि आफैले श्रीमतीको साडी फुकाल्न लगाएर बलात्कार गरेका हेरे ।

पीडित महिलाका अनुसार मे २३ तारिखमा राति करिब ११ बजे उनका पति घर आएर बाहिर लगेका थिए ।

आफूले यति राति कता जाने भनेर सोध्दा समेत जवाफ नदिइ गाउँबाट केही टाढा पुया¥ए ।

उक्त स्थानमा उनका साथी पहिलादेखि नै रहेको र आफूहरु पुग्दासाथ उसले आफ्नो हात समातेर तानेको उनले बताइन ।

‘मैले विरोध गरेँ तर मेरै पतिले मेरो साडी खोलि दिएर उसको साथ मलाई सुम्पियो’ पीडित महिलाले प्रहरीसँग भनिन ।

बलात्कारपछि मात्र आफूलाई पतिले जुवामा हारेको थाहा पाएको उनको भनाइ थियो ।

पीडित महिलाले माइती पक्षको सहयोगमा प्रहरीमा उजुरी दर्ता गरेको बताइएको छ ।

प्रहरीमा उजुरी दर्ता भए लगत्तै पीडितका पति र जुवा जितेर बलात्कार गर्ने पुरुष दुवै फरार भएको प्रहरी अधिकारीले जनाएका छन ।

पीडित महिलाको मेडिकल जाँच गरिएको छ । प्रहरीले थप अनुसन्धान अगाडि बढाएको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्