फेरी धोका दीयो बायोसेवा ले



१९ जेठ, दिल्ली । नेपाल वायुसेवा निगमको विमान दिल्लीमा बिग्रिँदा यात्रु अलपत्र परेका छन् । निगमको फ्लाइट आरए-२१८ शुक्रबार साँझ बिग्रिँदा यात्रुले सास्ती पाएका हुन् ।

निगमको विमान शुक्रबार साँझ ७ः४० मा उड्ने सेड्युल थियो । तर निर्धारित समयमै पुगेका यात्रुहरुलाई विमानको पांग्रामा खराबी आएको भन्दै २ घण्टा विमानभित्र राखेर उडान स्थगन गरिएकाे थियाे ।

शुक्रबार राति होटलमा राखिएका यात्रुहरु शनिबार बिहान विमान उड्ने आशमा थिए । तर अहिलेसम्म फ्लाइट नहुँदा आक्रोसित बनेका छन् ।

शनिबार बिहान काठमाडौंबाट दिल्ली आएका इन्जिनियरले विमान मर्मत गरिरहेकाे बताइए पनि विमान नउडेकाे एक यात्रुले गुनासाे गरे

सधै यस्तै हो तेही भयर म वायोसेबा चर्दैन यक यात्रू ले भने तर सस्तो भादा भाको ले म यस्मा जाने तयारी गरेको थीय

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्