मेरो योगदानलाई अवमूल्यन गर्ने अधिकार कसैसँग छैन : खनाल ।।



सैघाली खबर, काठमाण्डौँ, १९ जेठ।
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीको इतिहासमा आफ्नो योगदानलाई अवमूल्यन गर्ने अधिकार कसैसँग नभएको प्रष्ट पारेका छन् ।

चीनमा भएको काल्र्समाक्र्स सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किएका खनालले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै पार्टी एकतामा आफ्नो भूमिका महत्वपूर्ण रहेको दाबीसमेत गरे । वरियताको क्रममा चरम असन्तुष्टि व्यक्त गर्दै उनले आफ्नो बरियता तोक्ने अधिकार कसैसँग नभएको भन्दै आफू दोस्रो वरियतामै रहेको जिकिर गरे ।

वरियताका विषयमा पार्टी्भित्र रहेर संघर्ष गर्ने भन्दै खनालले कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रष्ट पारे । आफ्नो वरीयता तोक्नेहरु कम्युनिष्ट सिद्धान्त र आदर्श नबुझ्नेहरु भएको उनको टिप्पणी थियो । खनालले कम्युनिष्ट सिद्धान्त र आदर्श बुझ्नका लागि गहन चिन्तन आवश्यक भएको भन्दै त्यसमा लाग्न सुझावसमेत दिए । खनालले आफू अस्वस्थ भएका कारण चीनमा रहँदा स्वास्थ्य परीक्षणसमेत गरेर आएको बताए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्