प्रदेश ३

२०१४ को दुर्घटनाले मलाई थप सगरमाथा आरोहण गर्न उक्सायो : डोमा शेपा ।। (भिडियो)

By थाहा अनलाइन

June 02, 2018

सैघाली खबर/काठमाण्डौँ, १९ जेठ। विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेपछि यतिबेला डोमा शेर्पाको चर्चा चुलिदै गएको छ । पेशाले पत्रकारिता गर्ने शेर्पा केहि दिन पहिले मात्रै सगरमाथाको आरोहण गर्न सफल पत्रकार महिला हुन् । सगरमाथा आरोहण गर्ने उनको सानै देखिको चाहना थियो, जुन अहिले आएर पुरा भएको छ ।

शेपा भन्छिन्, ‘मलाई सगरमाथा आरोहण गर्ने बच्चैबेला देखिको रहर थियो, परिवारको पनि पुर्ण रुपमा सहयोग भएकाले सगरमाथा आरोहण गर्न सफल भएकि हुँ ।’ हिमाली भेगमै हुर्किएकि डोमा पत्रकारिता गर्दा पनि उनि पर्यटन बिटमा रिपोर्टिङ गर्छिन् । पत्रकारिता गरिरहदा सन् २०१४ मा सगरमाथामा भएको हिम पहिरोको दुर्घटनाले त उनलाई झनै उत्सुक्ता थप्यो ।

हिम पहिरो खस्नु, मान्छेको ज्यान जानु, र सगराथा आरोहण गर्दाको चुनौति बारेको यर्थाथतालाई बाहिर ल्याउनु उनको मुख्य उघेश्य थियो । उनि भन्छिन्, ‘जव सन् २०१४ मा हिमपहिरो गयो, त्यसको रिपोर्टिङ मैले गरे, रिपोर्टिङ त गरे तर मलाई आफैले आरोहण गरेर सत्य–तथ्य जान्न मन भयो र सगरमाथा आरोहण गरे ।।