पाल्पा–बुटवल सडक बन्द किन ?



सैघाली खबर, १९ जेठ।
सिद्धार्थ राजमार्गअन्तर्गत् पर्ने पाल्पा–बुटवल सडक बन्द गरिएको छ । सिद्धबाबामा पटक–पटक पहिरो खसेका कारण सडक मर्मत गर्नका लागि बिहान १० देखि अपराहन्न ४ बजेसम्मका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले बताए ।

सामान्य वर्षाद्को समयमा पनि सो सडकमा पटक–पटक पहिरो खस्ने गरेका कारण सडक सन्चालनमा समस्या आएको छ । सडक बन्द हुँदा पाल्पाबाट बुटवल र बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, पर्वत, पोखरा, स्याङ्जा जाने सयौं सवारी–साधन सडकमै अलपत्र परेका छन् ।

सो सडक उत्तर दक्षिण जोड्ने प्रदेश नम्बर–५ को मुख्य राजमार्ग हो । सडक अवरुद्ध हुँदा साविक पश्चिमान्चल विकास क्षेत्रका १२ जिल्लाका यात्रीहरुलाई आवत–जावत गर्न कठिनाइ परेको छ ।।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्