मेरो जिन्दगीको पाना आफैमा कहानी र कथाको एउटा सागर हो : ईन्द्रमान महर्जन ।।



सैघाली खबर, काठमाण्डौँ ।।
जिन्दगीको कहानी सबैका आ–आफ्नो हुन्छ । जसमा जिन्दगीमा सबैले सबैलाई उही स्थानमा पाउँछन भन्ने पनि छैन । तर मेरो जिन्दगीको पाना आफैमा कहानी र कथाको एउटा सागर हो । जसमा म स्वयं नै एउटा बिना बत्तीको उज्यालो जस्तैको उज्यालो बनि बाँचेको मान्छे हुँ, जसमा मेरो आफ्नै कहाँनी छ । आफ्नै कथा छ र ब्यथा । विक्रम सम्बत् २०६३ साल पछि म एउटा यस्तो जिन्दगीमा उभिन बाध्य भए जसको न आवाज थियो न त सहाराको एउटा किनारा । थियो त बस परिवारको आभाषपूर्ण विचार । यात्रा आफैमा कठिन छ र कठिनाइपूर्ण छ । मैले देखे र देख्दै पनि छु, जुन आजसम्म निरन्तर रुपले जारी छ ।

यसरी नै दिनहरु वित्दै जाने क्रममा एउटा संजोक भनौ वा परिकल्पना, त्यसैको सागरमा बसेर नेपाली लोक संगीतलाई नजिकै बाट नियाल्ने क्रममा मैले जे कुरा देखे त्यो आफैमा अलि फरक र विकृतिपूर्ण । मलाई यस्तो आभास हुन थाल्यो कि मैले अब भने यो देशको लोक संगीत जोगाउन केही गर्नुपर्छ र नेपाली लोक संगीतलाई अब अन्तर्रा्ष्ट्रिय स्तरमा यसको महत्व बुझाउनुपर्छ । हो यस्तै भाव जागृत भयो म मा । जव मैले पेशालाई वा कुरालाई हातमा लिन खोज्दै थिए तव घर परिवारले यो कुरा बुझेको थिएन ।

किनभने गित संगितमा लागेर मेरो परिवार भित्रैका केहि सदस्यहरु बिग्रेका पनि थिए । हो म मान्छु पनि, किनकि तिनिहरुले गित संगितलाई बिकृतिको रुपमा लिए, र त्यहि तरिकाले हेर तर म त त्यहि बिग्रेको कुरालाई संरक्षण गर्ने तर्फ सोच बनाउदै गरेको मान्छे । तर धन्न पछि यो कुरालाई खै के गरि बुझ्नुभयो मेरा परिवारले । पछि मेरो हातमा फुटेका ग्यालेन बाट पनि गोरखा मनकामना जस्ता धुन बज्न थालेपछि परिवारले पनि सायद म मा प्रतिभा छ भन्ने सोच्यो होला त्यहि भएर मलाई मादल ल्याईदिए ।

र त्यसपछिको हर्षको म यतिबेला वयान पनि गर्न सक्दैन । त्यतिबेला नै मनमा सोचिहाँले, अव मैने गितसंगितको क्षेत्रमा केहि गर्नैपर्छ । गणितीय शब्दावली र शब्दांक भन्दा मैले संगीतलाई नै सबैकुरा देखे । लोक धुन, लोकमाला, सोराठि, झ्याउरे, मगरे झ्याउरे लगायतका थुपै्र धुनहरुले मलाई कतै न कतै छाईहाल्थ्यो । ति धुनहरु सुन्दा यति आनन्द लाग्थ्यो कि म आकाशका उडिरहेछु भन्ने सम्मको आभाष हुन्थ्यो । जिन्दगीको पाना पल्टिदै जाने क्रममा मैले जिन्दगीमा संगीतलाई पहिलो स्थानमा राखँे । बाँकि सबै कुरा छोडिदिए । पढाईमा राम्रो बिद्याथी हुँ । गितसंगितलाई प्राथमिकता दिदाँ एसएलसिमा समेत आफूलाई दोस्रो श्रेणिमा उभ्याए ।

बिसं २०७२ सालमा भुकम्प गयो हो त्यहि साल होला जहाँ मैले विभिन्न संगीतका कक्षाहरु खोज्न थाले । एसियन हिमालयन देखि सारा ठाउँमा धाउँदा राजधानीको पुतलीसडकमा रहेको कलाकुञ्जले सरकारी स्तरको राष्ट्रिय नाचघर जान सुझाव दिनुभयो । त्यतिबेला नै मैले मेरो जिन्दगीको मोड फेरिएको महसुस गरे । अनि म राष्ट्रिय नाचघर जान थाले । जहाँ नेपालका राष्ट्रियस्तरका कलाकार आइरहंन्छन् । त्यस ठाँउमा म गईरहँदा मैले कसरी बोल्नुपर्छ र कुरा गर्नुपर्छ भन्ने ज्ञान र ब्यवहार प्राप्त गरे । अनि लिन थाले एकमन र एकचित्तको विचार यसैबाट केही गर्नुपर्छ भनेर । समय वित्दै गयो । यात्राहरु चल्दै गए ।

प्रशिक्षणको अन्तिम दिन जब म पुगे सुरेन्द्र अमात्य कहाँ । जो कीर्तिपुर बाघ भैरवनाथ मन्दिरको गुण भन्ने स्थानबाट गितार सिक्न आउनुभएको थियो । त्यहि बेला भेटेको थिए खै के कुराले उहाँमा प्रभाव पर्न गयो म माथि । हामी यात्रा अविरल अविलम्ब सरि रह्यो बीस २०७३ साल असोजमा उहाँले मलाई कीर्तिपुर महोत्सव मा लग्नुभयो र कीर्तिपुरको कृषि तालिम केन्द्रको कार्यक्रममा बोलाउनुभयो । जहाँ मेरो भेट कीर्तिपुरका युवा पत्रकार रिदेन महर्जन संग भयो । त्यसपछि मेरो जिन्दगीको रुप र रंग नै फेरियो । एक बर्षको अन्तरालमा उहाँले मलाई बोल्ने तरिका देखि सबै कुरामा परिवर्तन गर्नुभयो ।

अब यसरी होइन कलाकार हुन खोज्ने मानिसले बोल्ने तरिका यो हो भन्ने गर्नुहुन्थ्यो । जुन कुरा अहिलेसम्म पनि भन्ने गर्नुहुन्छ । म मा केही गर्नुपर्छ भन्ने भावना सहयोगी मनका पानाहरुका कारण आएको हो । त्यसैले धन्यवाद छ सबैलाई । र यी दुई दाजुहरुलाई पनि जिन्दगीमा केही गरेर अघि बढ्नुपर्छ भनेर सधै मलाई हौस्याईरहनु भयो । उहाँहरु मेरो जिवनमा नआईदिएको भए सायद म जिन्दगीमा एउटा एकान्तको कुवामा बाँचेको त्यो भ्यागुतो जस्तो हुन बेर थिएन । त्यसैले मलाई जिन्दगिम ज–जस्ले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्नुभयो सबै प्रति हृदयदेखि नै नमन गर्न चाहान्छु ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्