अगष्ट ३० भित्र गैरकानुनी कामदार स्वदेश नफर्किए मलेसियाले गर्नेछ यस्तो कारवाही ।।



सैघाली खबर/काठमाण्डौँ, १९ जेठ ।
मलेसियाले आफ्नो देशमा गैरकानुनी रुपमा बसिरहेका विदेशी कामदारलाई दुई महिनाभित्र देश फर्किन आग्रह गरेको । उसले आउँदो अगष्ट ३० भित्र देश फर्किन भन्दै मलेसियाले दिइएको समयमा नफर्किने कामदार र उसले काम गर्ने कम्पनीलाई पनि कारवाही गर्ने मलेसियाले जनाएको छ ।

अवैधानिक रुपमा बसिरहेका कामदारलाई दुई पटक जरिवाना तिरेर स्वदेश फर्किने अवसर दिएको मलेसिया अब भने कारवाही गर्ने चेतावनी दिएको हो । गैरकानुनी कामदारलाई अघिल्लो वर्ष अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मका लागि समय दिएको मलेसिया यो वर्ष जनवरीदेखि जुन ३० सम्मको समय दिएको थियो ।

मलेसिया कति नेपाली यसरी अवैधानिक रुपमा काम गरिरहेका छन भन्ने यकिन तथ्याङ्क छैन । तर ५ लाख नेपाली मात्रै वैधानिक रहेकाले धेरै नेपाली अवैधानिक रुपमा काम गरिरहेको हुन सक्ने मलेसियामा रहेको नेपाली दूतावासले बताएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्