देशलाई आबश्यक पर्ने दक्ष जनशक्ति दाङमा तयार गर्छौ – बुढा



दाङ,१९ जेठ । घोराही उपमहानरपालिका वडा नं. १६ का अध्यक्ष लक्षिनप्रसाद बुढाले देशलाई आबश्यक पर्र्ने दक्ष जनशक्ति दाङमै उत्पादन गर्ने वताउँनु भएको छ ।
स्थानीय स्तरका प्राविधिक जनशक्ति उत्पादनको लागि राप्ती ईन्जिनिएरिङ कलेजको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै बुढाले यस्तो बताउँनु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष बुढाले राप्ती ईन्जिनिएरिङ कलेज सबैको साझा सम्पति भएको बताउँदै प्राविधिक जनशक्ति उत्पादनका लागि कलेजले महत्वपूर्ण भुमिका निर्वाह गरेको वताउँनुभयो । देशमा शैक्षिक बेरोजगारको समस्या व्याप्त भएको अबस्थामा राप्ती ईन्जिनिएरिङ कलेजबाट उत्पादित जनशक्ति देशमा विभिन्न स्थानमा रोजगारको सिलसिलामा जोडिएको वताउँनुभयो ।

 


प्रमुख अतिथी बुढाले कलेजमा अध्यनरत दुई विद्यार्थीका लागि २० प्रतिशत छात्रबृतिको व्यवस्था आउँदो आर्थिक बर्षमा सुरु गर्ने बताउँनुभयो । गहना आफैमा सुन्दर हुन्छ पित्तल लगाउँने की सुन त्यो ग्राहकले चिन्नुपर्छ उहाँले भन्नुभयो । कार्यक्रममा बोल्दै कलेजका व्यवस्थापन समितिका अध्यक्ष एवं प्रवन्ध निर्देशक भिमसेन गिरीले स्थानीय स्तरलाई आबश्यक पर्र्ने दक्षजनशक्ति स्थानीय स्तरमै उत्पादन गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको वताउँनुभयो । कार्यक्रममा एस.ई. सी. दिएर बसेका विद्यार्थीहरुलाई प्राविधीक शिक्षाका बारेमा जानकारी प्रदान गरिएको समेत बताउँनुभयो ।कलेज अठार महिने अमिन, सिभील र ईलेट्रिकलमा बिषयमा अध्यापन गराउँदै आएको समेत उहाँले वताउँनुभयो । कलेजमा दाङ, रोल्पा, रुकुम,प्युठान, पोखरा, नेपालगंज लगाएतका विभिन्न स्थानबाट अध्ययनका लागि विद्यार्थी आउँने गरेको गिरीले वताउँनुभयो ।


विभिन्न द्धन्द्ध पीडित विद्यार्थीहरुका लागि छात्रवृद्धिको समेत व्यवस्था गर्दै आएको बताउँदै एस.ई. सी. दिएर बसेका विद्यार्थीहरुलाई प्राविधिक शिक्षा अध्यनका लागि आउँन समेत आग्रह गर्नुभयो । कार्यक्रमम विशिष्ट अतिथी, वडा सदस्य जगत श्रेष्ठ,पद्मोदय उच्च माध्यामिक विद्यालय भरतपुरका सह –प्राचार्य लोकबहादुर बस्नेत, पूर्व सभासद् सीता विक, शक्तिटोल बिकास संस्थाका अध्यक्ष लीलाधर खड्का, राप्ती ईन्जिनिएरिङ कलेज टोल बिकास संस्थाका खिमबहादुर नाथ लगाएतले वोल्नु भएको थियो । कार्यक्रमाका बारेमा राप्ती ईन्जिनिएरिङ कलेजका प्रिन्सिपल रेशम गिरीले जानकारी दिनु भएको थियो । राप्ती ईन्जिनिएरिङ कलेजका व्यवस्थापन समितिका अध्यक्ष एवं प्रवन्ध निर्देशक भिमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण निर्दशक मधुसुदन वैद्यले गर्नु भएको थियो ।कार्यक्रममा वडा नं. १६का २२ टोल विकास संस्थाका अध्यक्ष,उपाध्यक्ष सचिव कोषाध्यक्ष स्थानीय बुद्धिजीवी प्राद्यापक,पत्रकार बिद्यार्थी गरी १५० जनाको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्