तुलसीपुर १९ जेठ ।
दाङका सरोकारवाला निकायले तुलसीपुर १८ बिजौरीमा रहेको असहाय बाल बिकास नेपाल बिजौरीमा रहेको असहाय बाल बिकास नेपालको अनुगमण गरेका छन् । शुक्रबार महिला तथा बालबालिका कार्यालय दाङ, जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई दाङ, जिल्ला प्रहरी कार्यालय दाङ, नेपाल पत्रकार महासंघ दाङले अनुगमण गरेका हुन् । अनुगमण टोलीले उक्त बालबिकास केन्द्रले सरकारी निकायले गर्न नसकेको काम गरेको भन्दै प्रशंसा गरेका थिए । अहिले जिल्लामा अभिभावक बिहिन बनेका बालबालिकाहरुलाई पालन पोषण तथा शिक्षा दिक्षा दिईरहेको एक मात्र संस्था भएकाले यसको स्तोरन्नती आबश्यक रहेको अनुगमण टोलीको निष्कर्ष थियो । साथै कुनै पनि संस्थालाई दीगो बनाउन निश्चित लक्ष्य बोकेर अगाडि बढ्नु पर्ने भन्दै लक्ष्य अनुसार अगाडि बढ्न अनुरोध पनि गरेको थियो ।
अनुगमण टोलीमा महिला तथा बालबालिका कार्यालय दाङका प्रमुख बिश्वमनी जोसी, जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख सूर्यराज घिमिरे, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरिक्षक जनकसिंह धामी,नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासन, महिला बिकास कार्यालय दाङका सुन कुमारी घर्ती, तेजा गैरेलगायत रहेका थिए ।
अनुुगमण गर्दै महिला तथा बालबालिका कार्यालय प्रमुख जोसिले बालबालिकालाई सहज पालन पोषण तथा शिक्षा दिक्षा दिनु राम्रो पक्ष भएको बताईन् । अब स्थानीय सरकारसंग समन्वय गरेर संस्थाको स्तरबृद्धि गर्न सुझाब समेत दिईन् । साथै जुन लक्ष्य लिएर लिईएको छ, त्यसलाई पुरा गर्ने दृढ बिस्वास लिनुपर्ने उनको सुझाब थियो ।
साथै संस्थाको स्थलगत अबलोकन गरी आफ्नो संस्थाको अबस्था र सुझाब दिएकोमा आफुलाई सामाजिक काममा थप हौसला मिलेको संस्थाका अध्यक्ष बिष्णु चौधरीले बताए । सरकारी निकायको साथ सहयोग पाएमा अझै ठुलो क्षेत्र ओगट्ने संस्था बनाउने बताए । उनले बिभिन्न निकायको साथ पाएमा आफ्नै बिद्यालय, बृद्धाश्रम खोल्ने, आफ्नै खोलमैदान निर्माण गर्ने लक्ष्य लिएको बताए । असाहय बालबालिकाको भबिष्य निर्माण गर्ने लक्ष्य लिएको भन्दै यसलाई सफल पार्न सरकारी निकायको ठुलो सहयोग आबश्यक रहेको समेत उनको भनाई थियो ।
त्यस अबशरमा संस्थाका सल्लाहकार बिनय कुमार पोख्रेल, कोषाध्यक्ष सीमा वली, प्रेस सल्लाहकार दिपक बोहरा, पत्रकार बसन्त पौडेलको पनि सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।