सुईद्धारा लागुऔषध लिने दुव्र्यसनी पुरुष धेरै



गोविन्द खड्का
घोराही, १९ जेष्ठ
तिन सय १६ जना सुई द्धारा लागु औषध प्रयोग गर्ने दुव्र्यसनी मध्य दुई तिन जना मात्रै युवती भेटिएका छन् । लागु औषध लिने जक्सनहरुमा १८ देखि ३० बर्ष उमेरका युवाहरु हुने गरेको चेन्जटिम दाङले जनाएको छ । दुव्र्यसनीलाई फकाएर, लोभ्याएर आदतबाट निरुत्साहीत गर्न खोजेको बताएको छ ।
सुई द्धारा लागु औषध सेवन गर्नेव्यक्तिहरुको क्षेति न्युनिकरण गर्न चेन्ज टिम दाङले भर्खरै जिल्ला प्रहरी कार्यालय घोराहीमा छलफल चलाएको थियो । क्षेति न्युनिकरण तथा एचआईभि एड्स सम्वन्धी कानुनि सहयोग कार्यक्रममा दुव्र्यसनीहरुलाई लागु औषधबाट निरुत्साहीत बनाउन उपाए खोजिएको थियो । त्यसमा विभिन्न प्रहरी कार्यालयका अधिकारीले सुझाव दिएका थिए ।
सुई द्धारा लागु औषध लिनेहरु अहिले सम्म दाङमा तिनसय १६ जना भेटीएको चेन्ज टिमका डिआई प्रेमनारायण विकले जानकारी दिनुभयो । उहाका अनुसार एकसय ७३ जनालाई ल्यावटेष्ट गरीएको छ । त्यसमध्य एचआईभि एड्स संक्रमित फेला परेका छैनन् । अरुलाई पनि जा“च गर्ने कार्यक्रम छ । डिसेम्बर १६ सम्म भेट्ने र ल्यावटेष्ट गर्ने कार्य जारी रहने विकले जानकारी दिनुभयो । सबैलाई पटक पटक भेटेर लागु औषध सेवन बाट हुने खतराको बारे प्रशिक्षत गरेको बताउनुभयो ।

अघिल्लो पटक पा“चसय ७६ जना सुई वाट लागुऔषध लिने व्यक्ति भेटिएका थिए । त्यसमध्य चार सय ८२ जनाको ल्याव टेष्ट गरिएको थियो । त्यसमध्य एक जना एचआईभि एड्स संक्रमित फेला परेका थिए । उनलाई ग्याङबाट छुटाएर स्वाथ्य संस्थामा पठाईएको डिआई सि विकले जानकारी दिनुभयो । त्यसता दुव्र्यसनी सात सय ३२ जना रहेको भनिएपनि फेलापरेका छैनन् ।
संस्थाले दुरव्र्यसनीहरुलाई सुई वितरण गर्दै आएको बताएको छ । उनिहरुले प्रयोग गरेका सुई लिने र राम्रा सुई दिने गरेको जानकारी गराउनुभयो । ‘सुई र कण्डम दिदा दुव्यसनीलाई प्रोत्साहन गरेजस्तो देखिन्छ’ उहाले थप्नुभयो, ‘हामि सामग्री दिन्छौ र लागुऔषधका नकारात्मक पक्ष जानकारी दिएर निरुत्साहीत बनाउछौ ।’ उहाले कर्मचारीले सुई कण्डम हालेर हिड्दा अवरोध नगर्न प्रहरीलाई आग्रह गर्नुभयो । कतिपय समयमा प्रहरीले नियन्त्रणमा लिएको घटना सुनाउनुभयो ।

उहाले लागु औषधमा फसेका व्यक्तिलाई अबस्था भनेर नामदिने गरेको डिआईसि बिकले सुनाउनुभयो । त्यसो भनेपछि लागु औषधमा फसेकालाई सुधार गर्न सकिन्छ । अस्पतालले भन्ने विरामी र प्रहरीले लगाउने अपराधको आरोप गलत भएको विकको भनाई थियो । ठुलो ग्याङ बनाउने, जक्सनहरुमा रमाउने र छुटै क्षेत्र बनाएर बसोबास गर्ने दुव्र्यसनीहरुको स्वभाव हुन्छ । उनिहरुको गोपिनियताको ख्याल गरी लुक्ने ठाउका बारेमा जानकारी दिन नमिल्ने बताउनुभयो । चिकित्सकहरुको टोलि जक्सनमै पुगेर जा“च गर्ने र सुई तथा कण्डम बितरण गर्दै आएको बताउनुभयो । अहिले सम्म तिन जना युवति सुईद्धारा दुव्र्यसनी हुने भेटिएका छन् । बाकि सबै युवाहरु रहेको बताउनुभयो । उनिहरुको उमेर १८ देखि ३० बर्ष सम्मको भेटिएको छ ।

उनिहरुले घरको महंगो सामान सस्तोमा बेच्छन् । त्यसरी प्राप्त गरेको पैसा पा“च रुपैयाको सिरीन्ज किन्नमा खर्च गर्दैनन् । एउटै सुईले पुरै ग्याङलाई पुग्छ त्यसो गर्दा एचआईभिको संक्रमण हुन सक्ने दाङप्लसका रुकुम शाखा कार्यक्रम अधिकृत गोपाल नेपालीले जानकारी दिनुभयो । उहा“का अनुसार दाङमा तिनसय १२ जना एचआईभि संक्रमित छन् । त्यस मध्य एक सय ८५ जनाले एआरभि खान्छन् । संक्रमित आमा बाट जन्मेका २० बच्चाहरु प्रभावित छन् । ठाउ ठाउमा सरुवाहुने परिवार बाट टाढै बस्नुपर्ने सेना, प्रहरी र अन्य व्यक्तिमा संक्रमणका खतरा हुने नेपालीले जानकारी दिनुभयो ।

उहाले सुरक्षीत यौन सम्पर्क गर्ने, कण्डम नफुट्ने गरी टुपो समातेर लगाउने, पर्समा हालेर बस्दाखेरी नथिच्ने र म्याद गएको प्रयोग नगर्न आग्रह गर्नुभएको थियो । सहभागि प्रहरीले कण्डम कति भरपर्दो छ भनेर सोधेका थिए । उहा“का अनुसार डेढलिटर पानी हालेर पच्छार्दा पनि नफुट्ने कण्डमको गुण हुन्छ । त्यसलाई ढुक्क भएर प्रयोग गर्न नेपालीले आग्रह गर्नुभयो । ९८ प्रतिशत ढुक्क हुन सकिने विश्व स्वाथ्य संगठनले बताएको जानकारी दिनुभयो । दाङमा छ सय बढि यौनकर्मी रहेको भन्दै नेपालीले धारीला तिखा बस्तु, धेरै पार्टनर संग योन सम्पर्क जस्ता कुरा बा बच्न आग्रह गर्नुभयो । कार्यक्रममा चेन्जिङ टीमका कार्यक्रम अधिकृत किशोर बस्नेत, दाङ प्लसका कार्यक्रम अधिकृत प्रदिप चालिसे लगाएतले छलफलमा भाग लिनुभएको थियो ।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्