मुख्य समाचार

सुईद्धारा लागुऔषध लिने दुव्र्यसनी पुरुष धेरै

By थाहा अनलाइन

June 02, 2018

गोविन्द खड्का घोराही, १९ जेष्ठ तिन सय १६ जना सुई द्धारा लागु औषध प्रयोग गर्ने दुव्र्यसनी मध्य दुई तिन जना मात्रै युवती भेटिएका छन् । लागु औषध लिने जक्सनहरुमा १८ देखि ३० बर्ष उमेरका युवाहरु हुने गरेको चेन्जटिम दाङले जनाएको छ । दुव्र्यसनीलाई फकाएर, लोभ्याएर आदतबाट निरुत्साहीत गर्न खोजेको बताएको छ । सुई द्धारा लागु औषध सेवन गर्नेव्यक्तिहरुको क्षेति न्युनिकरण गर्न चेन्ज टिम दाङले भर्खरै जिल्ला प्रहरी कार्यालय घोराहीमा छलफल चलाएको थियो । क्षेति न्युनिकरण तथा एचआईभि एड्स सम्वन्धी कानुनि सहयोग कार्यक्रममा दुव्र्यसनीहरुलाई लागु औषधबाट निरुत्साहीत बनाउन उपाए खोजिएको थियो । त्यसमा विभिन्न प्रहरी कार्यालयका अधिकारीले सुझाव दिएका थिए । सुई द्धारा लागु औषध लिनेहरु अहिले सम्म दाङमा तिनसय १६ जना भेटीएको चेन्ज टिमका डिआई प्रेमनारायण विकले जानकारी दिनुभयो । उहाका अनुसार एकसय ७३ जनालाई ल्यावटेष्ट गरीएको छ । त्यसमध्य एचआईभि एड्स संक्रमित फेला परेका छैनन् । अरुलाई पनि जा“च गर्ने कार्यक्रम छ । डिसेम्बर १६ सम्म भेट्ने र ल्यावटेष्ट गर्ने कार्य जारी रहने विकले जानकारी दिनुभयो । सबैलाई पटक पटक भेटेर लागु औषध सेवन बाट हुने खतराको बारे प्रशिक्षत गरेको बताउनुभयो ।

अघिल्लो पटक पा“चसय ७६ जना सुई वाट लागुऔषध लिने व्यक्ति भेटिएका थिए । त्यसमध्य चार सय ८२ जनाको ल्याव टेष्ट गरिएको थियो । त्यसमध्य एक जना एचआईभि एड्स संक्रमित फेला परेका थिए । उनलाई ग्याङबाट छुटाएर स्वाथ्य संस्थामा पठाईएको डिआई सि विकले जानकारी दिनुभयो । त्यसता दुव्र्यसनी सात सय ३२ जना रहेको भनिएपनि फेलापरेका छैनन् । संस्थाले दुरव्र्यसनीहरुलाई सुई वितरण गर्दै आएको बताएको छ । उनिहरुले प्रयोग गरेका सुई लिने र राम्रा सुई दिने गरेको जानकारी गराउनुभयो । ‘सुई र कण्डम दिदा दुव्यसनीलाई प्रोत्साहन गरेजस्तो देखिन्छ’ उहाले थप्नुभयो, ‘हामि सामग्री दिन्छौ र लागुऔषधका नकारात्मक पक्ष जानकारी दिएर निरुत्साहीत बनाउछौ ।’ उहाले कर्मचारीले सुई कण्डम हालेर हिड्दा अवरोध नगर्न प्रहरीलाई आग्रह गर्नुभयो । कतिपय समयमा प्रहरीले नियन्त्रणमा लिएको घटना सुनाउनुभयो ।

उहाले लागु औषधमा फसेका व्यक्तिलाई अबस्था भनेर नामदिने गरेको डिआईसि बिकले सुनाउनुभयो । त्यसो भनेपछि लागु औषधमा फसेकालाई सुधार गर्न सकिन्छ । अस्पतालले भन्ने विरामी र प्रहरीले लगाउने अपराधको आरोप गलत भएको विकको भनाई थियो । ठुलो ग्याङ बनाउने, जक्सनहरुमा रमाउने र छुटै क्षेत्र बनाएर बसोबास गर्ने दुव्र्यसनीहरुको स्वभाव हुन्छ । उनिहरुको गोपिनियताको ख्याल गरी लुक्ने ठाउका बारेमा जानकारी दिन नमिल्ने बताउनुभयो । चिकित्सकहरुको टोलि जक्सनमै पुगेर जा“च गर्ने र सुई तथा कण्डम बितरण गर्दै आएको बताउनुभयो । अहिले सम्म तिन जना युवति सुईद्धारा दुव्र्यसनी हुने भेटिएका छन् । बाकि सबै युवाहरु रहेको बताउनुभयो । उनिहरुको उमेर १८ देखि ३० बर्ष सम्मको भेटिएको छ ।

उनिहरुले घरको महंगो सामान सस्तोमा बेच्छन् । त्यसरी प्राप्त गरेको पैसा पा“च रुपैयाको सिरीन्ज किन्नमा खर्च गर्दैनन् । एउटै सुईले पुरै ग्याङलाई पुग्छ त्यसो गर्दा एचआईभिको संक्रमण हुन सक्ने दाङप्लसका रुकुम शाखा कार्यक्रम अधिकृत गोपाल नेपालीले जानकारी दिनुभयो । उहा“का अनुसार दाङमा तिनसय १२ जना एचआईभि संक्रमित छन् । त्यस मध्य एक सय ८५ जनाले एआरभि खान्छन् । संक्रमित आमा बाट जन्मेका २० बच्चाहरु प्रभावित छन् । ठाउ ठाउमा सरुवाहुने परिवार बाट टाढै बस्नुपर्ने सेना, प्रहरी र अन्य व्यक्तिमा संक्रमणका खतरा हुने नेपालीले जानकारी दिनुभयो ।

उहाले सुरक्षीत यौन सम्पर्क गर्ने, कण्डम नफुट्ने गरी टुपो समातेर लगाउने, पर्समा हालेर बस्दाखेरी नथिच्ने र म्याद गएको प्रयोग नगर्न आग्रह गर्नुभएको थियो । सहभागि प्रहरीले कण्डम कति भरपर्दो छ भनेर सोधेका थिए । उहा“का अनुसार डेढलिटर पानी हालेर पच्छार्दा पनि नफुट्ने कण्डमको गुण हुन्छ । त्यसलाई ढुक्क भएर प्रयोग गर्न नेपालीले आग्रह गर्नुभयो । ९८ प्रतिशत ढुक्क हुन सकिने विश्व स्वाथ्य संगठनले बताएको जानकारी दिनुभयो । दाङमा छ सय बढि यौनकर्मी रहेको भन्दै नेपालीले धारीला तिखा बस्तु, धेरै पार्टनर संग योन सम्पर्क जस्ता कुरा बा बच्न आग्रह गर्नुभयो । कार्यक्रममा चेन्जिङ टीमका कार्यक्रम अधिकृत किशोर बस्नेत, दाङ प्लसका कार्यक्रम अधिकृत प्रदिप चालिसे लगाएतले छलफलमा भाग लिनुभएको थियो ।