तस्बीरमा कुपिण्डे …



दाङ,१९ जेठ । सल्यानको कुपिण्डे दह प्राकृतिक रूपले निकै सुन्दर छ । वरपर पहाड बिचमा रहेको कुपिण्डेले कस्को पो मन नछोला र । पहाडको बिचमा फैलिएको आकाश झैँ निलो ताल, उत्तरमा देखिने हिमशृङ्खला दक्षिणतिरको हरियालीले त्यहा पुग्ने धेरैको मन नलोभ्याउने भन्न सकिन्न ।दृश्य भएको कुपिण्डे दह, आजभोलि ग्रामीण पर्यटन केन्द्र बनेको छ । सल्यान मात्र नभई विभिन्न जिल्लाबाट कुपिण्डे दह हेर्न आउनेको संख्या बढेको छ ।

डुङ्गा सयर गर्ने, मनोरम वातावरण र हिमशृङ्खलाको दृश्यावलोकनमा ग्रामीण पर्यटक रमाउन थालेका स्थानीयले वताएका । सदरमुकाम खंलगाबाट एक घण्टाको बस यात्रापछि कुपिण्डे दह पुग्न सकिन्छ । वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्छ । हरियाली रुख विरुवा, सुन्दरबस्ती सल्यानी संस्कृतिको जनजीवनले जो कोहीलाई पनि कुपिण्डे दह पुग्दा आनन्दको महसुस हुन्छ । दहको किनारमा बराहको मन्दिर छ । सल्यानको मात्र नभएर बराह मन्दिरमा पूजा गर्न रुकुम, सुर्खेत र जाजरकोटका पर्यटकहरु आउँने गरेका छन् ।


ग्रामिण धार्मिक पर्यटकीय दृष्टिकोणले मात्र महत्व मानिँदै आएको कुपिण्डे दहका बारेमा वैज्ञानिक अनुसन्धान भने आजसम्म हुन सकेको छैन ।दह २३.५३ हे क्टर क्षेत्रफलमा फैलिएको छ । कुपिण्डे दहको लम्बाइ आठ सय ३४ मिटर र चौडाइ पाँच सय ३८ मिटर रहेको छ । कुपिण्डे दह समुन्द्री सतहदेखि ११ सय २० मिटर उचाइमा रहेको छ ।

गाउँमा एक दिन साधु बासको खोजिमा आएछन् धेरै घरमा बास माग्दा पनि उनले कतैबास पाउन सकेनन्।निरासहँुदै ती साधु वृद्धको घरमा पुगेछन् वृद्ध गरिव भएको थाहा पाएपछि भोलि पल्ट बिहान साधुले ती वृद्ध महिलालाई भनेछन । म कैलुवराह हुँ । अरुलाई बास बस्न नदिने यो गाउँका पापीलाई म छिनभरमा डुबाइदिन्छु । अहिलेको कुपिण्डे दहतर्फको पहाड देखाउँदै ति साधुले धार्मिक विश्वास छ ।

ती बृद्धलाई त्यो पहाडसम्म जाऊ । हिँड्दा पछि फर्किएर नहेर्नु ती बृद्ध पुग्दा नपुग्दै सबै गाउँ पानीले भरिएको दह भएछ स्थानीय एकबृद्धले भने सदरमुकाम खंलगादेखि १४ किलो मिटर पश्चिममा पर्ने खलङ्गा ग्रामीण पर्यटनका लागि गन्तव्य बनेको छ । कुपिण्डे दह संरक्षण समितिले दहमा डुङ्गा सञ्चालनमा समेत ल्याएको छ ।

स्थानीय समुदायको कला, संस्कृति, भेष–भूषा, भाषा, धर्म, रीतिरिवाज, चालचलन तथा ग्रामीण क्षेत्रबाट अवलोकन गर्न सक्ने प्राकृतिक दृश्यावलोकन गर्दा सल्यानको पर्यटकीय क्षेत्रको विकासमा महत्वप्ुर्ण सहयोग पु¥र्याएको छ।जसले समग्र गाउँदेखि जिल्ला विकासमा दिगो रूपले आर्थिक सहगोग देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्